२३ कात्तिक २०८३, सोमबार

सहकारीमा तरलता सहज हुँदै, नेफ्स्कूनमा बचत बढ्यो

२०७९ माघ ५, बिहिबार
सहकारीमा तरलता सहज हुँदै, नेफ्स्कूनमा बचत बढ्यो

काठमाडौं : बचत तथा ऋण सहकारीहरुको छाता निकाय नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघमा बचत बढेको छ ।

मंसिर महिनाको तुलनामा पुष महिनामा बचत ह्वात्तै बढेको छ । बचत बढेसँगै तरलता रकम पनि बढेको छ । मंसिर महिनामा १६ अर्ब १४ करोड रपैयाँ बचत रहेको नेफ्स्कूनमा पुष मसान्तमा आईपुग्दा १७ अर्ब रुपैयाँ पुगेको छ । प्रारम्भिक सहकारीमा बचत बढ्दा नेफ्स्कूनमा पनि बचत बढ्ने गर्दछ ।

त्यस्तै मंसिर मसान्तमा २२.२० प्रतिशत तरलता अनुपात रहेको पुष मसान्तमा आईपुग्दा २४.२२ प्रतिशत पुगेको छ । नेफ्स्कूनसँग ४ अर्ब रुपैयाँ तरलता रकम रहेको पुष मसान्तको रिर्पोटले देखाएको छ ।

संघले ऋण प्रवाह पनि बढाएको छ । मंसिरसम्ममा १५ अर्ब २५ करोड ६६ लाख रुपैयाँ कर्जा लगानी रहेकोमा पुष मसान्तमा १५ अर्ब ४७ करोड ७७ लाख पुगेको छ ।

नेफ्स्कूनसँग २४.२२ प्रतिशत तरलता रहेपनि कर्जा प्रवाहमा कडाई गरेको छ ।

अभिलेख

लोकप्रिय