२३ कात्तिक २०८३, सोमबार

ठगी आरोपमा सहकारीकर्मी यादव पक्राउ

२०७९ माघ ३, मङ्गलबार
ठगी आरोपमा सहकारीकर्मी यादव पक्राउ

काठमाडौं : ठगी आरोपमा सहकारीकर्मी ध्रुवनारायण यादवलाई प्रहरीले पक्राउ गरेको छ ।

धनुषा स्थित न्यू सुनवर्षी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष यादव विरुद्ध कुभोलिया देवी यादवको जाहेरीले ठगी मुद्दामा उजुरी दिएकी थिइन् । यादवविरुद्ध जिल्ला अदालत धनुषाले पुस २९ गते पक्राउ पुर्जी जारी गरेको थियो ।

सहकारी संस्थाका बचतकर्ताको रकम ठगी गरेको तथा सहकारीमा जम्मा भएको रकम अपचलन गरेको उजुरीका आधारमा पक्राउ गरेको हो ।

यादवलाई जनकपुर उपमहानगरपालिका-२ बाट पक्राउ गरेको र हिरासतमा राखेर अनुसन्धान गर्न अदालतबाट अनुमति लिइसकेको प्रहरीले जनाएको छ ।

अभिलेख

लोकप्रिय