सितापाईला बहुउद्देश्यीय सहकारीको अध्यक्षमा पुन: केदार मानन्धर
काठमाडौं : सीतापाईला बहुउद्देश्यीय सहकारी संस्थाको २३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले अध्यक्षमा केदार मानन्धर, उपाध्यक्षमा गौरिप्रसाद दवाडी, सचिवमा सविना शाक्य, कोषाध्यक्षमा अरुण मानब चयन गरेको छ ।
यसैगरी संचालक सदस्यमा डा.तारक बहादुर केसी, सुन्दर पन्त र धन बहादुर श्रेष्ठलाई चयन गरेको छ । सभाले लेखासुपरिवेक्षण समितिको संयोजकमा मन मैया गिरी तथा सदस्यहरुमा प्रेम बहादुर मानन्धर र रबिन महर्जन निर्विरोध निर्वाचित गरेको छ ।
पौष २४ गतेदेखि एकाइगतरुपमा संचालन गरेको साधारण सभालाई पौष ३० गते शनिबार निर्णय प्रमाणिकरण सभा गरेको हो । निर्णय प्रमाणिकरण सभा चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले उद्धघाटन गरेका थिए । संस्थाका अध्यक्ष केदार मानन्धरले संचालक समितिको तर्फबाट बार्षिक प्रतिवेदन र लेखा सुपरिवेक्षण समितिका संयोजक सुन्दर पन्तले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
संस्थाले पौष २४ गते नागार्जुन नगरपालिकाको वडा नं ८ को बालबोध मावि भिमढुङ्गामा, पौष २५ गते नागार्जुन नगरपालिकाको वडा नं ६, ७ रामकोटको जयन्ती युवाक्लव डाँडापौवामा, पौष २६ गते नागार्जुन नगरपालिकाको वडा १,२, ३ इचंगु सेवाकेन्द्रको पाँचधारा इचंगुमा, पौष २७ गते चन्द्रागिरि क्षेत्रको ईकाइ सभा चुनदेबी माध्यमिक बिध्यालय थानकोटमा सदस्य भेला तथा उपस्थिति गराएको थियो । पौष २८ गते काठमाडौं, ललितपुर महानगरपालिकाका केन्द्रीय कार्यालयमा सदस्य उपस्थिति गरी पौष ३० गते शिखर पार्टिप्यालेस कलंकीमा निर्णय प्रमाणित सभा सम्पन्न गरेको हो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
