२३ कात्तिक २०८३, सोमबार

अक्कू फोरम २०२३ नेपालमा हुँदै, राष्ट्रिय सहकारी बैंक र अक्कू बीच सम्झौता

२०७९ माघ ३, मङ्गलबार
अक्कू फोरम २०२३ नेपालमा हुँदै, राष्ट्रिय सहकारी बैंक र अक्कू बीच सम्झौता

काठमाडौं : एसियाली ऋण महासंघ (अक्कू) फोरम २०२३ नेपालमा गर्न राष्ट्रिय सहकारी बैंक र अक्कू बीच सम्झौता भएको छ ।

सोमबार एक समारोह बीच राष्ट्रिय सहकारी बैंक लिमिटेडका अध्यक्ष के.बी. उप्रेती, प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईं र एसियाली ऋण महासंघकी प्रमुख कार्यकारी अधिकृत एलिनिता भि स्यान रोक्के बीच फोरम आयोजना गर्न सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

कार्यक्रम एसियाली ऋण महासंघ (अक्कू) को आयोजना तथा राष्ट्रिय सहकारी बैंक र नेपाल बचत तथा ऋण केनद्रीय सहकारी संघ (नेफ्स्कून) को सह–आयोजनामा सन २०२३ को सेप्टेम्बर ११ देखि १७ सम्म काठमाडौंमा हुनेछ । फोरममा २५ भन्दा बढी विदेशी राष्ट्रबाट ३०० जना र नेपालबाट १०० जना गरी ४०० जना सहकारीकर्मीहरुको सहभागितामा रहने छ । कार्यक्रममा एसियाली ऋण महासंघको ४२औं साधारण सभा समेत हुनेछ ।

सन् २०२० मा अक्कू फोरम नेपालमा आयोजना गर्ने घोषणा भएपनि कोभिड–१९ का कारण स्थगित भएको थियो । फोरममा मानव संसाधन विकास कार्यशाला, सिइओ कार्यशाला, युवा तथा महिला कार्यशाला लगायतका हुनेछन् ।

सम्झौता कार्यक्रममा बैंकका सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, उच्च व्यवस्थापनका कर्मचारीहरू र अक्कूका चिफ अफ टेक्निकल अफिसर रञ्जित हित्तराचीे लगायतको उपस्थिति रहेको थियो ।

अभिलेख

लोकप्रिय