जिल्ला सहकारी संघ नुवाकोटका पूर्व अध्यक्ष श्रेष्ठ सम्मानित
विदुर : जिल्ला सहकारी संघ नुवाकोट तथा विदुर कल्याणकारी बहुमुखी सहकारी संस्था लिमिटेडका पूर्व अध्यक्ष पूर्णलाल श्रेष्ठ सम्मानित भएका छन् । सहकारी अभियानमा सहभागी भई आर्थिक तथा सामाजिक क्षेत्रमा उल्लेख्य योगदान पुर्याएको भन्दै श्रेष्ठलाई सम्मान गरिएको हो ।
विदुर कल्याणकारी बहुमुखी सहकारी संस्था लि.को रजत जयन्ती तथा २५ औं वार्षिक साधारणसभाको अवसरमा विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले सहकारीकर्मी श्रेष्ठको योगदान कदर गर्दै दोसल्ला ओढाई सम्मान गरेका हुन्।
यसैगरी नियमित बचत गरेबापत सहकारीका शेयरसदस्य सुमन श्रेष्ठलाई उत्कृष्ट बचतकर्ता र कर्मचारी अनिता सिलवाललाई उत्कृष्ट कार्यबापत सम्मान गरिएको सहकारीका सचिव रमेश श्रेष्ठले जानकारी दिए । सम्मानित द्वयले नगद दुईहजार पाँचसय रुपैयाँ नगद पुरस्कारसहित प्रमाण पत्र प्राप्त गरेका छन् ।
विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष गोकर्णनाथ न्यौपाने, आईएमई इन्स्योरेन्स नुवाकोट शाखाका प्रमुख सिताराम रिमाललगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा सहकारीका अध्यक्ष अमित गजुरेलले वार्षिक प्रगति विवरण तथा आगामी योजना प्रस्तुत गरेका छन् । यस्तै, सहकारीका कोषाध्यक्ष वसन्त रिजाल र लेखा सुपरिवेक्षण समितिका संयोजक टेकबहादुर अधिकारीले आआफ्नो प्रतिवेदन प्रस्तुत गरेका छन् ।
वार्षिक प्रतिवेदन अनुसार सहकारीको ५९ लाख ८१ हजार २०० रुपैंयाँ शेयरपूँजी, ३२ लाख ११ हजार २१ रुपैंयाँ ऋण लगानी रहेको छ । सहकारीले आव २०७८/०७९ मा एकलाख सात हजार ७०८ रुपैंयाँ नाफा गरेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
