२३ कात्तिक २०८३, सोमबार

काठमाडौं जिल्ला बहुउद्देश्यीय संघको ८औं साधारण सभा सम्पन्न

२०७९ पुष ३०, शनिवार
काठमाडौं जिल्ला बहुउद्देश्यीय संघको ८औं साधारण सभा सम्पन्न

काठमाडौं : काठमाडौं जिल्ला बहुउद्देश्यीय सहकारी संघको ८औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।

संघका अध्यक्ष मनोजकुमार थापा मगरको सभापतित्व सम्पन्न साधारण सभामा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कंडेलको प्रमुख आतिथ्यता रहेको थियो । संघका अध्यक्ष थापाले आर्थिक वर्ष २०७८/०७९ मा संघको प्रगती तथा आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । उनले विषम् परिस्थितिमा पनि सहकारीका छाता संघहरुको भूमिका गौण रहेको बताए।

‘विषम् परिस्थितिमा पनि सदस्य संस्थाहरुलाई संघले केही सहयोग गरेन भन्ने लाग्न सक्छ त्यसैगरी संघहरुलाई महासंघले केहीगर्न सकेन भन्ने लाग्छ’, उनेले भने, ‘सहकारीमा विश्वासको संकट छ । यस्तो समयमा सहकारी महासंघको भूमिका कमजोर हुँदा सहकारीले राज्यबाट सहयोग पाउन सकेको छैन ।’ सहकारी संघ संस्थालाई केन्द्रीय संघ, महासंघबाट उपलब्धिमूलक सहयोग प्राप्त नहुने भएकोले संस्था आफैले सदस्यको घरघरमा गएर सदस्यसंग छलफल गर्नुपर्ने बताए । त्यस्तै नेपालको सहकारी अभियान अत्यन्तै जाखिमपूर्ण तरिकाबाट अघि बढीरहेकोले सहकारीबाट सदस्य मात्र नभएर संचालकहरुमा पनि वितृष्णा बढेको अध्यक्ष थापाले बताए ।

सभामा संघको लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन लेखा समिति सदस्य राम महर्जनले प्रस्तुत गरेका थिए । कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कंडेल, जिल्ला सहकारी संघ काठमाडौका वरिष्ठ उपाध्यक्ष खेम सुवेदी तथा जडीवुटी केन्द्रीय सहकारी संघका अध्यक्ष इश्वरी पाण्डेले शुभकामना मन्तब्य राखेका थिए।

संघका उपाध्यक्ष लक्ष्मीप्रसाद संग्रौलाले स्वागत मन्तब्य तथा संघका निवर्तमान अध्यक्ष तुलसी प्रसाद सापकोटाले कार्यक्रम संचालन गरेको थिए ।

कार्यक्रममा सहकारीखबर डटकमका सम्पादक काजी श्रेष्ठलाई सम्मान समेत गरिएको थियो ।

अभिलेख

लोकप्रिय