कास्कूनमा राजनीति हस्तक्षेप, निर्वाचन कार्यक्रम माघ २१ गतेलाई सर्यो
काठमाडौं : काठमाडौं बचत तथा ऋण सहकारी संघ लि (कास्कून) को निर्वाचन कार्यतालिका हेरफेर भएको छ । पुष ३० मा हुने भनिएको निर्वाचन माघ २१ गतेलाई सारिएको छ ।
आज बसेको बोर्ड बैठकले निर्वाचनको मिति माघ २१ गतेलाई सारेको हो । बोर्ड बैठकमा निर्वाचनको मिति सार्नुको कारण माग भएपनि चित्तबुझ्दो जवाफ नपाएको एक पदाधिकारीले सहकारीखबरलाई जानकारी दिए ।
हालको बोर्डमा एमाले समर्थ सहकारीकर्मीको बहुमत छ । सोही बहुमतको आधारमा निर्वाचन मिति सारिएको ति पदाधिकारीले बताए ।
उम्मेदवारीको क्रममा एमाले समर्थक सहकारीकर्मीको एउटा प्यानल र संयुक्त प्यानल बनेको थियो । एमाले निकट सहकारीकर्मीकै जोडबलमा निर्वाचन मिति सारिएको बुझिएको छ ।
निर्वाचन कार्यतालिका संशोधन गरेको सूचना कार्यालयमा ठाँस गरिएको छ । तर, सूचनामा पनि किन संशोधन गरिएको हो भन्ने जानकारी गराईएको छैन । सञ्चालक समितिको बैठकको निर्णयका आधारमा निर्वाचन कार्यतालिका संशोधन गरिएको निर्वाचन उपसमितिले जनाएको छ ।
निर्वाचनमा नेपाली कांग्रेस, माओवादी, एकीकृत समाजवादी र राप्रपा निकट सहकारीकर्मीहरुको संयुक्त प्यानल र एमाले निकट सहकारीकर्मीहरुको प्यानल बीच प्रतिस्पर्धा हुने भएको थियो । एमाले निकटको प्यानल तुलनात्मक रुपमा कमजोर देखिएपछि निर्वाचनको मिति नै सारिएको आरोप लगाईएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
