१० प्रारम्भिक संस्थालाई राष्ट्रिय सहकारी महासंघको सदस्यता
काठमाडौं : राष्ट्रिय सहकारी महासंघले १० वटा प्रारम्भिक सहकारी संस्थालाई एसोसिएसट (सहयोगी) सदस्यता प्रदान गरेको छ । महासंघको वार्षिक प्रतिवेदन अनुसार हालसम्म १० वटा प्रारम्भिक सहकारीले सदस्यता प्राप्त गरेका छन् ।
राष्ट्रिय सहकारी महासंघले सहयोगी सदस्यता प्रदान सम्वन्धि कार्यविधि, २०७८ अनुसार एक अर्ब भन्दा माथि कुलपुँजी भएका प्रारम्भिक सहकारी संस्थाहरुलाई मात्र सहयोगी सदस्यता प्रदान गर्ने गर्दछ । सहकारी संस्थाहरु सुसाशित र मर्यादित बनाई अभियानको प्रवद्र्धनमा समेत सहभागी गराउने उद्देश्यले एसोसिएट सदस्यता दिन थालिएको महासंघले जनाएको छ ।
एसोसिएसट सदस्यता प्राप्त गर्ने सहकारी संस्थाहरुमा जनस्वास्थ्य सरोकार सहकारी संस्था काठमाडौं, स्तुपा स्वास्थ्य सहकारी संस्था काठमाडौं, वीन बहुउद्देश्यीय सहकारी संस्था ललितपुर, साझा प्रकाशन सहकारी संस्था ललितपुर, साझा सेवा सहकारी संस्था ललितपुर, नवजीवन सहकारी संस्था कैलाली, स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्था झापा, पूर्व नेपाल बचत तथा ऋण सहकारी संस्था झापा, सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था झापा र मेची बहुउद्देश्यीय सहकारी संस्था झापा रहेका छन् ।
एसोसिएट सदस्यता प्राप्त गर्ने सहकारी संस्थाको मताधिकार भने हुँदैन । एसोसिएट सदस्यता प्राप्त गर्ने संस्था सुशासनमा सञ्चालन भएको, नियमित रुपमा नाफा कमाएको, नियमित साधारण सभा गरेको, एक अर्बभन्दा माथी कुल पुँजी रहेको लगायत प्रावधान कार्यविधिमा राखिएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
