कास्कूनमा जुटेन सहमती, अध्यक्षमा दीपक पनेरु र नवराज अर्याल भिड्दै
काठमाडौं : काठमाडौं बचत तथा ऋण सहकारी संघ लि. (कास्कून) को अध्यक्षमा दुई जनाको उम्मेदवारी परेका छ । वर्तमान अध्यक्ष दीपक पनेरु र उपाध्यक्ष नवराज अर्यालको अध्यक्ष पदमा उम्मेदवारी परेको हो । पुष ३० गते हुने संघको निर्वाचन सहितको साधारण सभाको लागि आज मनोनयन दर्ता थियो ।
त्यस्तै वरिष्ठ उपाध्यक्षमा निरञ्जन सेढाई र शालिकराम पुडासैनीको उम्मेदवारी परेको छ । महिला उपाध्यक्षमा रीता श्रेष्ठ र विनिता अधिकारी, महासचिवमा चेमाकुमारी पुरी (सीमा) र वीरेन्द्र भण्डारी, सचिवमा पुरुषोत्तम नेपाल र लेमन श्रेष्ठ, कोषाध्यक्षमा सुवास चन्द्र घिमिरे र देवनारायण चौलागाईको उम्मेदवारी गरेको छ ।
त्यस्तै सञ्चालक सदस्यमा मुरारीप्रसाद भण्डारी, राजकुमार खड्का, शिवराम गौतम, बेदुकाजी घिमिरे, लिला राना मगर, रामजीप्रसाद काप्री, सुनिता तिवारी, देवराज न्यौपाने, खेलनाथ सिग्देल, पुस्कर सापकोटा, रोशनबाबु श्रेष्ठ, राजेशकुमार श्रेष्ठ, श्रीराम के.सी., मनबहादुर तामाङ, कृष्णप्रसाद आचार्य, दामोदर लम्साल, अनन्तकुमार के.सी., रामेश्वर श्रेष्ठ, गोर्वधन के.सी. (युनिक), मनोजकुमार घिमिरे, हरिकुमार श्रेष्ठ, श्यामकृष्ण श्रेष्ठ, राजकुमार लामा, मिरा आचार्य, जयराम तिमिल्सिना, रविन्द्र के.सी. र शेखर श्रेष्ठको उम्मेदवारी परेको छ ।
त्यस्तै लेखा सुपरीवेक्षण समिति संयोजकमा अनिता थापा (अधिकारी) र गोमा ढुंगाना सुवेदीको उम्मेदवारी परेको छ भने सदस्यहरुमा तपन पोखरेल, पुण्यप्रसाद सापकोटा, बाबुराम आचार्य र दामोदर पौडेलको उम्मेदवारी परेको छ ।
निर्वाचन कार्यतालिका अनुसार उम्मेदवारी फिर्ताको समय भोली (पुष २८) बेलुका ४ः३० बजेसम्म रहेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
