२३ कात्तिक २०८३, सोमबार

प्रारम्भिक संस्थाबाट भन्दा पनि केन्द्रीय संघहरूबाटै सुशासनको थालनी हुनुपर्छ: सचिव रेग्मी

२०७९ पुष २६, मङ्गलबार
प्रारम्भिक संस्थाबाट भन्दा पनि केन्द्रीय संघहरूबाटै सुशासनको थालनी हुनुपर्छ: सचिव रेग्मी

काठमाडौं : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले प्रारम्भिक संस्थाबाट भन्दा पनि केन्द्रिय संघहरूबाटै सुशासनको थालनी गर्नुपर्ने बताएका छन ।

‘प्रारम्भिक संस्थामा मात्रै सुधार खोजेर सुशासन आउँदैन । यसका लागि केन्द्रिय संघहरूबाट शुरूवात गर्नुपर्छ’, सचिव रेग्मीले भने । ‘सबल अर्थतन्त्रको निर्माणमा सहकारीको भूमिका र सम्भावना ठूलो रहेको भएपनि संविधानले परिकल्पना गरेको ३ मध्ये १ खम्बाको रूपमा सहकारी अझै पनि प्रस्तुत हुन नसकेको बताए ।

राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको ‘सबल संघ निर्माणमा अध्यक्षको भूमिका विषयक’ राष्ट्रिय गोष्ठीमा बोल्दै सचिव रेग्मीले विशेषतः संघहरू प्रारम्भिक संस्थाहरूको हितरक्षक भएकाले सहकारी मुल्यमान्यता अनुसार प्रवर्धन गरी देश विकासमा लगाउन, सरकारको रचनात्मक साझेदार बन्न र वित्तीय परिचालनमा अनुशासन कायम गराउन सक्रिय हुनुपर्ने उनले औंल्याए ।

अभिलेख

लोकप्रिय