आदर्श सञ्चार सहकारीको ‘सदस्य भेटौं, सदस्य सुनौं’ कार्यक्रम
बागलुङ : आदर्श सञ्चार सहकारी संस्था सहकारी संस्था लिमिटेड बागलुङले ‘सदस्य भेटौं, सदस्य सुनौं’ अभियानलाई जिल्ला व्यापी रुपमा सञ्चालन गर्ने भएको छ । संस्थाको १६ औं वार्षिक साधारण सभाबाट निर्वाचित सञ्चालक समितिले आइतबार आयोजना गरेको पहिलो कार्यक्रम ‘सदस्य भेटौ, सदस्य सुनौं’ कार्यक्रमका अवसरमा अभियानलाई जिल्ला व्यापी बनाउने जानकारी दिइएको हो ।
साधारण सभाले आगामी १० वर्षमा ५० हजार शेयर सदस्य र ५ अर्ब सम्पत्ती पुर्याउने लक्ष्य निर्धारण गरेको छ । साधारण सभाले निर्दिष्ट गरेको लक्ष्य प्राप्तिका लागि उक्त अभियानलाई प्रभावकारी रुपमा सञ्चालन गरिने संस्थाका अध्यक्ष हुमा कुमारी जिसीले जानकारी दिईन । ‘२०७० सालमा बनाएको १० वर्षे रणनीतिक योजना आगामी असार मसान्तमा सकिँदैछ’, अध्यक्ष जिसीले भनिन्, ‘असार अगावै २०९० साल असार मसान्तसम्मको योजना निर्माण गरेर संस्थाका गतिविधिलाई अगाडि बढाउछौं ।’
१६ औं वार्षिक साधारण सभापछि पहिलो पटक आइतबार साँझ आयोजना गरिएको ‘सदस्य भेटौं, सदस्य सुनौं’ कार्यक्रममा संस्थाले २०९० साल सम्म लिएको ५० हजार शेयर सदस्य बनाउने लक्ष्य, दीर्घकालिन बचत बढाउने योजना र थप रणनीतिक योजनाहरुका विषयमा संस्थाका सम्पादक तथा राष्ट्रिय सहकारी बैंकका सञ्चालक राम बहादुर जिसीले जानकारी दिए ।
सम्पादक जिसीले संस्थाले ल्याएको योजनामा शेयर सदस्यहरुको साथ आवश्यक रहेको बताए । उनले संस्थाले शेयर सदस्य लक्षित कार्यक्रमहरु ल्याउँदै आएको बताउँदै संस्थाको दीगो विकासका लागि शेयर सदस्यहरु अझै सक्रियताका साथ सहभागी हुन आग्रह गरे । कार्यक्रममा संस्थाका शेयर सदस्यहरु महेचन्द्र प्रधान, बाबुराम लम्साल, रतन मलेपति, हायश्वर सुवेदी, मुकुन्द शर्मा, तिलक रिजाल, सुलभ प्रसाद श्रेष्ठ, चन्द्र बहादर क्षत्री र सरोजराज पन्तले आदर्श सञ्चार सहकारी संस्थाले लिएका लक्ष्यहरुलाई पुरा गर्न आफूहरु साथमा रहेको भन्दै सदस्यमैत्री काममा लाग्न आग्रह गरे । उनीहरुले सदस्यका गुनासो, सुझावलाई मनन गर्दै संस्थाले आगमी लक्ष्य पुरा गर्नेमा विश्वास व्यक्त गरे ।
कार्यक्रममा आदर्श सञ्चार सहकारी संस्थाका अध्यक्ष हुमा कुमारी जिसी अञ्जुको अध्यक्षता, उपाध्यक्ष ललिता थापाको स्वागत तथा सचिव सरस्वती खड्का परियारको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा संस्थामा निरन्तर कारोबार गर्ने १ सय ५० जना शेयर सदस्यको सहभागिता रहेको थियो । प्रत्येक महिना थप १ सय ५० जना शेयर सदस्यसंग सदरमुकाममा र वडा स्तरमा भेला तथा अन्तरक्रिया कार्यक्रम गरिने अध्यक्ष जिसीले जानकारी दिईन ।
आदर्श सञ्चार सहकारी संस्थाले सूचना र सञ्चारको क्षेत्रमा विगत १६ वर्षदेखि धौलागिरी जागरण दैनिक, ९ वर्षदेखि अग्रसर साप्ताहिक र ४ वर्षदेखि आदर्शसञ्चार अनलाईन सञ्चालन गर्नुका साथै १० वर्षदेखि धौलागिरी टेलिभिजनमा सहकार्य गर्दै आइरहेको छ ।
संस्थामा हाल ३ हजार ३ सय जना शेयर सदस्य ५ करोड ५५ लाख शेयर रकम, ३० करोड बचत, ३८ करोड कर्जा लगानी सहित ४५ करोड कुल सम्पत्ती रहेको प्रवन्धक दिपकराज सापकोटाले जानकारी दिए । आगामी असार मसान्तसम्म ५ हजार जना भन्दा बढी शेयर सदस्य, ८ करोड शेयर पूँजी, ४६ करोड वचत, ५१ करोड कर्जा लगानी सहित कुल सम्पत्ती ५६ करोड पुर्याउने लक्ष्य रहेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
