२३ कात्तिक २०८३, सोमबार

कास्कून निर्वाचन: कर्मचारी उम्मेदवार हुन नपाउने

२०७९ पुष २५, सोमबार
कास्कून निर्वाचन: कर्मचारी उम्मेदवार हुन नपाउने

काठमाडौं : सहकारीमा कार्यरत कर्मचारीहरुले काठमाडौं बचत तथा ऋण सहकारी संघ लि. (कास्कून) को निर्वाचनमा सहभागी हुन नपाउने भएका छन् ।

कास्कूनको निर्वाचन निर्देशिका- २०७५ बमोजिम सहकारी संघ, सहकारी बैंक, सहकारी संस्था, वित्तीय संस्था, बैंक, लघुवित्त संस्था तथा समान प्रकृतिका संघ/संस्थामा कार्यरत कर्मचारीहरुले उम्मेदवारी दिन पाउने छैनन् ।

संघ विनियममा व्यवस्था भएका पदहरुमा उम्मेदवारी दिन सहकारी संस्थाको नेतृत्वमा भएको हुनुपर्ने अनिवार्य निर्देशिकाले गरेको छ । संस्थाको नेतृत्व र व्यवस्थापन दुबै पदमा भएका व्यक्तीले समेत उम्मेदवारी दिन नपाउने संघका अध्यक्ष दीपक पनेरुले जानकारी दिए ।

कास्कूनको १९ औं वार्षिक साधारण सभा पुष ३० गते हुँदैछ । उक्त साधारण सभाले नयाँ नेतृत्व समेत चयन गर्नेछ । निर्वाचनको लागि शिवकुमार अधिकारीको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन उपसमिति समेत गठन गरेको छ ।

समितिले निर्वाचनको कार्यक्रम पुष २६ गतेदेखि ३० गतेसम्म तय गरेको छ । पुष २६ गते मतदाता नामावली प्रकाशन, दाबी विरोध, अन्तिम नामावली प्रकाशन, पुष २७ गते उम्मेदवारी दर्ता, उम्मेदवारको नामावली प्रकाशन, दाबी विरोध, छानविन र निर्णय, पुष २८ गते उम्मेदवारी फिर्ता र ३० गते निर्वाचनको कार्यक्रम तय गरेको छ ।

 

अभिलेख

लोकप्रिय