चन्द्रागिरि बचतको साधारण सभामा ७२% सदस्यको उपस्थिती, १४ वटा कार्यसूची पारित
काठमाडौं : चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाको २१ औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । पौष १६ गतेदेखि २२ गतेसम्म विभन्न ७ वटा ईकाहरुबाट समान कार्यसूचीमा ईकाई सभाहरु आयोजना गर्दै उक्त सभाहरुबाट मनोनित प्रतिनिधिहरु सम्मिलित निर्णय प्रमाणित गर्ने सभा शनिबार सम्पन्न गरेको हो ।
साधारण सभामा कायम रहेको कुल सदस्य संख्या १५ हजार ८ सय ९६ मध्ये ११ हजार ४ सय ९० जना (७२ प्रतिशत) सदस्यहरुले विभिन्न ७ वटा ईकाहरुमा सहभागिता रहेका संस्थाले जनाएको छ ।

२१ औं वार्षिक साधारण सभाको निर्णय प्रमाणित गर्ने सभाको उद्घाटन सत्रमा भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले सहकारीमा विभिन्न उप समितिहरु गठन गरिए जस्तै अर्थतन्त्र र वित्तीय बजारलाई नजिकबाट नियाल्ने र उपयुक्त नीतिगत सुधारको लागि सुझाव दिन सक्ने उपसमिति सहकारी संस्थाहरुमा गठन गर्नु उपयुक्त हुने बताए ।
विशिष्ट अतिथि चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले सहकारीलाई उत्पादनकोे मुल्य श्रङ्खला संग जोड्नु पर्ने कुरामा जोड दिए । त्यस्तै राष्ट्रिय सहकारी महासंघका नायब महाप्रबन्धक बाबुल खनालले ऋण सदुपयोगिता अनुगमनको छुट्टै कार्यविधि बनाएर ऋणहरुको अनुगमन गर्न सुझाव दिए ।
उक्त सभामा आ.व. २०७८/०७९ को वार्षिक प्रतिवेदन अध्यक्ष योगेन्द्रकुमार कुँवरले, लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन संयोजक भानुप्रकाश ढकालले, लेखापरीक्षण प्रतिवेदन पी.बी.के.पी. एण्ड एसोसिएट्सका चार्टर्ड एकाउन्टेन्ट विनोद फुँयालले र आगामी वर्षको कार्यक्रम तथा बजेट र ४ वर्षे रणनीतिक योजना प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठले प्रस्तुत गरेका थिए ।
उक्त साधारण सभाले सदस्यहरुलाई १० प्रतिशत शेयर लाभांस र संरक्षित पुँजी फिर्ता कोष वितरण गर्ने सहित विभिन्न १४ वटा कार्यसूचीहरु पारित गरेको थियो । साधारण सभाकै विच संस्था र विभिन्न दाताहरुको योगदाबाट स्थापना भएको चन्द्रागिरि उच्च शिक्षा छात्रवृत्ति कोषबाट २३ जना विपन्न र जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिएको थियो भने १९ जना दाताहरुलाई सम्मान पनि गरिएको थियो ।

त्यसै वर्ष सदस्य तर्फ कुन्नम पोखरेल र दिपक दुलाल तथा वर्ष सदस्य कर्मचारी शाखा अधिकृत दामोदर रिजाल र लगनशील कर्मचारी प्रभा बन्जारा एवं श्यामकुमारी खड्कालाई सम्मानित तथा पुरस्कृत गरिएको थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
