२३ कात्तिक २०८३, सोमबार

शैलभा सेभिङ्गको १४ औं साधारण सभा सम्पन्न

२०७९ पुष २४, आईतवार
शैलभा सेभिङ्गको १४ औं साधारण सभा सम्पन्न

काठमाडौं : नागार्जुन-४ सितापाईलामा केन्द्रिय कार्यालय रहेको शैलभा सेभिङ्ग एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेडले १४ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

संस्थाका अध्यक्ष विक्रिम श्रेष्ठको सभापतित्वमा शनिबार सम्पन्न साधारण सभाले सञ्चालक समितिको विभिन्न प्रस्ताव उपर छलफल गरी पारित गरेको छ । साधारण सभाले सञ्चालक समितिको तर्फबाट संस्थाका अध्यक्ष विक्रम श्रेष्ठले प्रस्तुत गरेको आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रगती प्रतिवेदन, लेखा परिक्षण प्रतिवेदन, नीति तथा कार्यक्रम र बजेट पारित गरेको छ ।

६ करोड ३४ लाख सेयर पुँजी रहेको संस्थाले आर्थिक वर्ष २०७८/०७९ मा ५४ करोड १६ लाख रुपैयाँ निक्षेप संकलन गर्न सफल भएको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै संस्थाले ४५ करोड ७ लाख कर्जा लगानी गर्न सफ भएको छ ।
संस्थामा ३ हजार ८ सय २४ जना सदस्य आवद्ध भएका छन् । संस्थामा २० जना कर्मचारी आवद्ध छन् ।

साधारण सभाले सदस्यहरुलाई १६ प्रतिशत लाभांश दिने प्रस्ताव समेत पारित गरेको छ । संस्थाले केन्द्रीय कार्यालय नागार्जुन–४ सितापाईला, न्यूरोड र डल्लु सेवा केन्द्रबाट सदस्यलाई वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

अभिलेख

लोकप्रिय