किसान र विजयश्री गाभियो, विकू र किसान साकोस बीच पनि एकीकरणको चर्चा
गैँडाकोट : किसान उपभोक्ता सहकारी संस्था लिमिटेड र विजयश्री उपभोक्ता सहकारी संस्था लिमिटेड एकीकरण (मर्ज) भएका छन् । शनिबार गैंडाकोटमा एकीकरण सभा समेत सम्पन्न गरेको छ ।
एकीकरणपछि संस्थाको नाम विजयश्री उपभोक्ता सहकारी संस्था लिमिटेड र संस्थाद्वारा सञ्चालित मार्टहरुको नाम किसान मार्ट रहने सहमती भएको छ । किसान उपभोक्तालाई किसान बचत तथा ऋण सहकारी संस्था र विजयश्री उपभोक्तालाई विकू बचत तथा ऋण सहकारी संस्थाले प्रर्वद्धन गरेको थियो ।
सञ्चालक समितिमा अध्यक्ष र सचिवसहित ६ जना विजयश्रीबाट एवं उपाध्यक्ष र कोषाध्यक्ष सहित ७ जना किसानबाट रहने गरी सहमती भएको छ । एकीकरणपछि समितिको अध्यक्षमा केशवप्रसाद सापकोटा, उपाध्यक्षमा श्रीराम सुवेदी, सचिवमा गोविन्द रिमाल, कोषाध्यक्षमा डिलाराम सापकोटा चयन भएका छन् । त्यस्तै सदस्यहरुमा तिलकप्रसाद पराजुली, श्रीहरी चालिसे, गोपालप्रसाद गौतम, भानुभक्त लामिछाने, कृष्ण पाण्डे, सरस्वती सुवेदी सापकोटा, तारा शर्मा, उषा ज्ञवाली र सुधा ज्ञवाली रहेका छन् । त्यस्तै लेखा सदस्य संयोजकमा विष्णुप्रसाद सापकोटा, सदस्यहरुमा माधव वन र सीता रिजाल गौतम रहेका छन् ।
दुई संस्था एकीकरण भएसँगै विकू र किसान साकोस बीच एकीकरणको चर्चा सुरु भएको छ । विकू साकोसका पूर्व अध्यक्ष ईन्द्रराज ज्योती पौडेलले दुबै संस्थाका प्रवद्र्धकीय संस्थाहरु किसान र विकू एकीकरण हुन सकोस् शुभकामना व्यक्त गरेका थिए ।
किसान साकोसका अध्यक्ष श्रीहरी चालिसेले संस्था एकीकरण भएसँगै देशकै उत्कृष्ट सहकारीको रुपमा स्थापित हुन सकोस् भनि शुभकामना व्यक्त गरेका थिए । उपभोक्ता सहकारी एकीकरण भएसँगै किसान र विकू बीच पनि एकीकरण चर्चा सुरु भएको चालिसेले जानकारी दिए ।
हाल विजयश्रीले ३ वटा मार्ट र किसान उपभोक्ताले ३ वटा मार्ट सञ्चालन गर्दै आएका छन् । दुई संस्था एकीकरण भएपछि कुल मार्टको संख्या ६ पुगेको छ । त्यस्तै कावासोती र देवचुली नगरपालिकामा पनि मार्ट खोल्ने तयारी भएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
