२३ कात्तिक २०८३, सोमबार

आइडियल सहकारी २३औं साधारण सभा सम्पन्न, १८ प्रतिशत लाभांश पारित

२०७९ पुष २३, शनिवार
आइडियल सहकारी २३औं साधारण सभा सम्पन्न, १८ प्रतिशत लाभांश पारित

राजबिराज : आइडियल सहकारी संस्था लिमिटेड राजबिराजले २३ औ बार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

शनिवार राजबिराज स्थित जिल्ला समन्वय समितिको सभा हलमा सम्पन्न साधारण सभामा संस्थाका अध्यक्ष गणेश कुमार आशले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै आर्थिक वर्ष २०७८०७९ मा संस्थाले ९५ करोड ३५ लाख १७ हजार ४२ रूपैयाँ बचत संकलन गरेको बताए ।

संस्थाको शेयर पुँजी १० करोड ३३ लाख ७५ हजार १ सय रूपैया रहेको छ भने कर्जा लगानी ९३ करोड ७ लाख ६३ हजार ४० रूपैयाँ रहेको प्रतिवेदनमा जनाएको छ ।

संस्थाले सदस्यहरूलाई १८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

संस्थाले पुस २१ गते ईकाईगत रूपमा जिल्लाका पुर्वी भेगका सदस्यहरूको लागि हनुमानगरमा, पश्चिमी भेगका सदस्यहरूको लागि २२ गते पातोमा ईकाईको साधारण सभा सम्पन्न गरेको संस्थाका व्यवस्थापक बिनोद साफीले जानकारी दिए ।

अभिलेख

लोकप्रिय