अहिले सहकारी बचाऔं, सुशासनका कुरापछि गरौंला : के.बी. उप्रेती
काठमाडौं : राष्ट्रिय सहकारी बैंकका अध्यक्ष के.बी. उप्रेतीले सहकारी क्षेत्र बचाउनु अहिलेको आवश्यकता रहेका बताएका छन् । सहकारी क्षेत्र मात्रै नभई समग्र अर्थतन्त्रमै समस्या देखिएकाले तत्कालको लागि सहकारी क्षेत्र बचाउनु पर्ने धारणा राखे ।
विभिन्न कारणले मुलुकको अर्थतन्त्र मै नकारात्मक असर परेको र त्यसको प्रत्यक्ष असर सहकारीमा पनि परेको बताए । ‘अहिलेको समस्या समाधानका लागि सबैले मिलेर काम गर्नु पर्छ । अहिले तत्कालको लागि सहकारीमा सुशासनका कुरा भन्दा पनि सहकारी क्षेत्र बचाउने कुरा गर्नु पर्छ’, नेपाल सहकारी पत्रकार समाज (सीजेएन) र राष्ट्रिय सहकारी बैंकका नवनिर्वाचित समिति बीचको भेटमा अध्यक्ष उप्रेतीले भने, ‘सहकारी क्षेत्र बाँचेपछि सुशासनका कुरा गरौंला ।’
बैंक तथा वित्तीय संस्थाको मुद्दतीमा १५ प्रतिशत पुगेको र कर्जाको ब्याजदर १९ पुगेको बताउँदै सहकारीमा भने १६ प्रतिशतको सीमाले समस्या पारेको बताए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
