सम्पादक श्रेष्ठलाई केशव बडाल सहकारी पत्रकारिता पुरस्कार
काठमाडौं : सहकारीखबर डटकमका सम्पादक काजी श्रेष्ठ ‘केशव बडाल सहकारी पत्रकारिता सम्मान- २०७९’ बाट सम्मानित भएका छन् ।
सहकारी अभियानका शिर्ष व्यक्तित्व केशव बडालको नाममा स्थापना गरिएको ‘केशव बडाल सहकारी पत्रकारिता सम्मान कोष’ बाट उक्त सम्मान गरिएको हो ।
नगद रु १५ हजार राशी सहितको उक्त सम्मान शनिबार ललितपुरमा आयोजित प्राकृतिक बचत तथा ऋण सहकारी संस्थाको १३ औं वार्षिक साधारण सभाको अवसरमा श्रेष्ठलाई प्रदान गरिएको हो । पूर्व मन्त्री समेत रहेका बडाल राष्ट्रिय सहकारी महासंघका निवर्तमान अध्यक्ष हुन् ।
राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय सहकारी महासंघका पूर्व ग्लोवल बोर्ड सदस्य ओमदेवी मल्लले उक्त पुरस्कारको स्थापना गरेकी हुन् ।
सम्पादक श्रेष्ठलाई राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कंडेलले पुरस्कार प्रदान गरेका हुन् । विगत १२ वर्षदेखि पत्रकारितामा क्रियाशिल श्रेष्ठ नेपाल सहकारी पत्रकार समाज (सीजेएन)का अध्यक्ष समेत हुन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
