उखु, बेसार र अदुवा उत्पादन गर्दै सहकारी
बागलुङ : बागलुङको सृम्रिक कृषि तथा पशु व्यावसायिक सहकारी संस्थाले उखु बिक्री गर्न थालेको छ वर्ष पुग्यो । सहकारीले बागलुङको काठेखोला गाउँपालिका-२, भिमापोखराको दुई स्थानमा १० रोपनी बाँझो जग्गा भाडामा लिएर उखुखेती गर्दै आएको छ । सहकारी संस्थाले अहिले प्रतिवर्ष १५ देखि २० क्विन्टल उखु बिक्री गर्दै आएको छ ।
यस वर्षको उखु प्रतिकेजी १५ का दरले बिक्री गरिएको सहकारीका अध्यक्ष चुडामणि उपाध्ययले जानकारी दिए । संस्थाले बागलुङ नगरपालिका-४, कुडुँलेमा दुई रोपनी जग्गा भाडामा लिएर बेसार खेती र बागलुङ नगरपालिका-७, तितौरेमा दुई रोपनी जग्गामा अदुवा खेती गर्दै आएको छ ।
संस्थाले सेयर सदस्यलाई समेत व्यावसायिक उत्पादनमा जोड दिनका लागि सापटमा बेसारको बीउ समेत उपलब्ध गराउँदै आएको सहकारीका कोषाध्यक्ष तथा अगुवा कृषक जग्गन्नाथ सापकोटाले बताए । उनले उत्पादन भइरहेको बेसारलाई बीउका रूपमा सेयर सदस्यलाई सापटी दिइएको छ भने अहिले उत्पादन भएको बेसारलाई खनेपछि बिक्री गर्ने लक्ष्य सहकारीको छ ।
‘गत वर्ष पाँच क्विन्टल बेसार उत्पादन भएको थियो, केही किसानलाई बीउको रूपमा वितरण गरियो, अहिले पानी परेपछि बेसार खन्ने तयारीमा छौं’, सापकोटाले भने ।
उनले पाँच केजी अदुवाको बीउ दिएको कृषकलाई उत्पादनपछि छ केजी फिर्ता गर्नेगरी किसानलाई प्रवद्र्र्धन गरिरहेको बताउँदै सापकोटाले सेयर सदस्य किसानको उत्पादनलाई बजारीकरण समेत गर्न सहयोग गरिरहेको बताए । कोषध्यक्ष सापकोटाका अनुसार सहकारी संस्थाको सेयरपूँजीको ४० प्रतिशतभन्दा बढी लगानी व्यावसायिक उत्पादनमा लगाउने गरी सहकारी अगाडि बढेको छ ।
हाल सहकारीमा सात सय ७३ सेयर सदस्य रहेका छन् भने एक करोड ३३ लाख सेयरपूँजी रहेको छ । सहकारीले २०७५ सालबाट भिमापोखरामा उखुखेती गरेको छ भने दुई वर्षदेखि कुडुँलेमा बेसार र तितौरेमा अदुवा खेती गरिरहेको छ ।
सहकारीले साधारणसभाको अवसरमा सेयर सदस्यलाई तरकारी खेती गर्नका लागि निःशुल्क बीउ वितरण गर्दै आएको छ । सहकारीले कृषिप्रति आकर्षण गराउनका लागि विभिन्न स्थानमा पुगेर कृषि मेला प्रदर्शनी गर्ने कृषि ज्ञान केन्द्रसँग मिलेर धान दिवस मनाउने, सहुलियत मूल्यमा संस्थाबाट नियमित बीउ बिक्री गर्ने र सेयर सदस्यले पालेको पशुको निःशुल्क गोबर परीक्षण र औषधि वितरण समेत गर्दै आएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
