२३ कात्तिक २०८३, सोमबार

बैंकहरुको ब्याजदरका कारण सहकारीलाई सकस भयो: अध्यक्ष उप्रेती

२०७९ पुष १५, शुक्रबार
बैंकहरुको ब्याजदरका कारण सहकारीलाई सकस भयो: अध्यक्ष उप्रेती

काठमाडौं : राष्ट्रिय सहकारी बैंकका अध्यक्ष के.बी. उप्रेतीले बैंकहरुको ब्याजदर १८/१९ प्रतिशत पुगेका कारण सहकारीलाई सकस परेको बताएका छन् ।

शुक्रबार नेपाल सहकारी पत्रकार समाज (सीजेएन) को १२औं वार्षिक साधारणसभामा बोल्दै उनले भने, ‘बैंकहरुमा ऋणको ब्याज ह्वात्तै बढेको छ । बैंकहरुले कर्जाको ब्याजदर १८/१९ प्रतिशत पुर्याएका छन्, ब्याज बढी भएपनि कर्जा पाइँदैन, ऋण स्वीकृत भएपनि पैसा पाइँदैन । जसको असर सहकारीमा परेको छ ।’

सहकारीमा देखिएको समस्या सहकारीको कारण मात्र नभएको बताए । उनले सहकारीमा देखिएको समस्या समाधान गर्नका लागि सबै निकायहरु लाग्नु पर्ने धारणा राखे । सहकारीलाई यो अवस्थाबाट माथि उकास्नु पर्ने अहिलेको चुनौति रहेको उनको भनाइ थियो ।

अभिलेख

लोकप्रिय