अर्थमन्त्री पौडेललाई सहकारी अभियानको तर्फबाट बधाई तथा शुभकामना
ललितपुर : सहकारी अभियानको टोलीले नवनियुक्त उपप्रधानमन्त्री एवम् अर्थमन्त्री बिष्णु पौडेलसँग भेट गरी अभियानको तर्फबाट बधाई एवम् शुभकामना दिएका छन् ।
अर्थतन्त्र विगत केही समयदेखि संकटग्रस्त अवस्थामा गुज्रिएको बेला देशले बुद्धिजीवी, सक्षम, कुशल र सफल अर्थमन्त्रीलाई फेरी पाएको अबस्थामा सहकारीकर्मीहरु उत्साही भएको भन्दै बधाई एवम् सफल कार्यकालको शुभकामना समेत व्यक्त गरेका छन् ।
भेटमा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेल, राष्ट्रिय सहकारी बैंकका अध्यक्ष के.बी. उप्रेती, राष्ट्रिय सहकारी महासंघका सञ्चालक सागर ढकाल, बैंकका सञ्चालक ज्ञान बहादुर तामाङ्ग, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) का अध्यक्ष परितोष पौडेल, राष्ट्रिय सहकारी महासंघका महाप्रबन्धक चित्राकुमारी थामसुहाङ सुब्बा, राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईं, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) का प्रमुख कार्यकारी अधिकृत प्रकाश पोखरेल लगायतको सहभागिता रहेको थियो ।
अर्थमन्त्री पौडेलले समय व्यस्तताका कारण कुनै पनि सम्बोधन गरेनन् । सहकारी अभियानसँग समय मिलाएर बसेरै कुराकानी गर्ने प्रतिक्रिया दिएका थिए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
