नेपालमै सुरु भयो डिप्लोमा इन को-अपरेटिभ म्यानेजमेन्ट
काठमाडौं : नेपालमा पहिलो पटक डिप्लोमा इन को–अपरेटिभ म्यानेजमेन्ट कोर्ष सुरु भएको छ ।
राष्ट्रिय सहकारी महासंघ र काठमाडौं विश्वविद्यालयबीच भएको सम्झौता बमोजिम नेपालमा पहिलो पटक डिप्लोमा इन को–अपरेटिभ म्यानेजमेन्ट कोर्ष आजबाट (पुस ११) सुरु भएको हो ।
कोर्ष शुभारम्भ सम्बन्धी अभिमुखीकरण तथा संक्षिप्त उद्घाटन कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष मीनराज कडेलले नेपालको सहकारी क्षेत्रलाई व्यवस्थित तथा सुशाशित गराउन कोर्ष कोषेढुड्डा सावित हुने अपेक्षा गरिएको बताए ।
कोर्षको उद्देश्यबारे जानकारी गराउँदै महासंघका महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाले सबैभन्दा दु्रत रूपमा विकास हुने सहकारी व्यवसायका लागि आवश्यक दक्ष र प्रतिस्पर्धी जनशक्ती उत्पादन गर्न नेपालमा नै पहिलो पटक सुरु भएको डिप्लोमा कोर्ष अव्बल सावित हुनेमा आफू विश्वस्त रहेको बताईन । सहकारी अभियानमा देखिएको समस्या न्यूनीकरणका लागि समेत कोर्ष सहायक सिद्ध हुने समेत बताईन ।
काठमाडौं विश्वविद्यालय उद्यमशिलता तथा मार्केटिङ विभागका प्रमुख डा. विनोद कृष्ण श्रेष्ठले प्राज्ञिक विषयवस्तुका साथै समुह कार्य र इन्टरसिशप लगायतका प्रयोगात्मक विधिबाट सो कोर्ष अध्यापन गराइने बताउँदै सो कोर्ष व्यवसायिक र प्राज्ञिक विषय वस्तुको समिश्रण गरी बैज्ञानिक आधारमा निर्माण गरिएको जानकारी गराए ।
कोर्षको संयोजन गरिरहेका महासंघका वरिष्ठ प्रबन्धक गोपीकृष्ण भण्डारीले तालिमको व्यवस्थापकीय पक्षहरुको वारेमा जानकारी गराएका थिए । उद्घाटन तथा अभिमुखीकरण कार्यक्रममा महासंघका नायब महाप्रबन्धक वावुल खनालको समेत उपस्थिति रहेको थियो ।
काठमाडौं विश्वविद्यालयका विज्ञ प्राध्यापकहरुद्वारा कक्षा सहजीकरण गरिने सो कोर्षको पहिलो ब्याचमा विभिन्न सहकारी संस्थाका व्यवस्थापकिय भुमिकामा रहेका २० जना सहभागी छन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
