२३ कात्तिक २०८३, सोमबार

संरक्षित पुँजी फिर्ता काेषकाे रकम बाँडफाँड गर्दै आईएमई काेअपरेटिभ

२०७९ पुष ९, शनिवार
संरक्षित पुँजी फिर्ता काेषकाे रकम बाँडफाँड गर्दै आईएमई काेअपरेटिभ

काठमाडौं : आईएमई कोअपरेटिभ सर्भिस लिमिटेडले सदस्यहरुलाई संरक्षित पुँजी फिर्ता काेषकाे रकम बाँडफाँड गर्ने भएको छ ।

संरक्षित पुँजी फिर्ता कोषबाट सदस्यहरुले पाउने रकमको बाँडफाँड बचतर्फ पौष ११ गतेदेखि १८ गतेसम्म मुख्य कार्यालयसहित १३ वटै सेवा केन्द्रबाट सदस्यहरुलाई संरक्षित पुँजी फिर्ता काेषकाे रकम वितरण गर्ने भएकाे हाे । त्यस्तै ऋणतर्फ पौष २४ गते देखि २९  गतेसम्म वितरण गर्ने संस्थाले जनाएकाे छ ।

सहकारी ऐन, २०७४ तथा नियमावली २०७५ को प्रावधान अनुरूप संस्थाले सदस्यहरुले जम्मा गरेको बचत रकमको लागि ४० प्रतिशत र कर्जामा तिरेको ब्याजका लागि ६० प्रतिशत भारको आधारमा रकम वितरण गर्न लागेकाे हाे ।

सहकारी क्षेत्रमा उत्कृष्ट, सबल र सक्षम बनाउन सहकारीका मूल्य मान्यता र सिद्धान्तमा संचालन भएको र आगामी दिनमा पनि सोही अनुसार सदस्यलाई सेवा प्रवाह गर्ने संस्थाका प्रमुख कार्यकारी अधिकृत अर्जुन शर्मा पाैडेलले जानकारी दिए । संस्था पारदर्शी तथा सुशासन, नैतिकता, जवाफदेहिता, निस्वार्थता, सामुहिक सद्भाव, सहयोग, समानता, स्वावलम्वन र स्वतन्त्रतालाई आत्मसाथ गरेर संचालन भएका कारण सफलता हात पारेकाे समेत बताए ।

त्यसैगरी संस्थाको सेवा पारदर्शी र प्रभावकारी तथा गुणस्तरिय सेवा दिने उद्देश्यले स्तरिय सफ्टवेयरबाट सेवा दिइरहेको जनाइएको छ । संस्थाले वित्तीय कारोबारका साथै ई बैंकिङ्ग, एसएमएस बैंकिङ्ग, मोबाइल बैंकिङ्ग, एटिएमका साथै आइएमई पे वालेट सेवाहरु प्रदान गर्दै आएको छ ।

अभिलेख

लोकप्रिय