२३ कात्तिक २०८३, सोमबार

८ वटा बचत तथा ऋण सहकारी प्राेबेसन ब्रान्ड पाउन सफल

२०७९ पुष ८, शुक्रबार
८ वटा बचत तथा ऋण सहकारी प्राेबेसन ब्रान्ड पाउन सफल

काठमाडौं : नेपालका ८ वटा बचत तथा ऋण सहकारी संस्था प्राेबेसन ब्राण्ड पाउन सफल भएकाे छ ।

बचत तथा ऋण सहकारी संस्था स्तरीकरण कार्यक्रम अन्तर्गत नेफ्स्कूनले आर्थिक वर्ष २०७८/०७९ को प्रोबेसन ब्राण्ड प्राप्त संस्था घोषणा गरेको छ । बिहीबार बसेकाे नेफ्स्कूनको ३१०औं सञ्चालक समितिको बैठकले अन्तिम परिक्षण गराइएका ८ साकोसका लागि प्रोबेसन ब्राण्ड घोषणा गरेको हो ।

ब्राण्ड पाउन सफल सहकारीहरुमा ग्रामीण साकोस- सल्यान, जनसेवा साकोस- कास्की, जनउत्थान साकोस- रुपन्देही, लेटाङ साकोस- मोरङ, लेकाली स्वावलम्बन साकोस- गुल्मी, लोक कल्याणकारी साकोस- चितवन, नव विकास साकोस-रौतहट र ठेचो महिला जागरण साकोस- ललितपुर रहेका छन् ।

 

अभिलेख

लोकप्रिय