राष्ट्रिय सहकारी बैंकको तरलता १९.८६ प्रतिशत
काठमाडौं : सहकारी क्षेत्रको एक मात्र बैंक राष्ट्रिय सहकारी बैंकमा १९.८६ प्रतिशतले तरलता वृद्धि भएको छ ।
गत कात्तिकको तुलनामा मंसिर महिनामा बैंकको तरलता १९.८६ प्रतिशतले बृद्धि भई ८ अर्ब ८ करोड १० लाख रुपैयाँ पुगेको छ । कात्तिकमा बैंकसँग ७ अर्ब ४८ करोड ६४ लाख (१८.३९ प्रतिशत) तरलता थियो ।
कात्तिकको तुलनामा बैंकको निक्षेप तथा कर्जा लगानी भने घटेको छ । मंसिर महिनामा ४० अर्ब ६८ करोड १० लाख रुपैयाँ बचत संकलन गरी ३४ अर्ब ७९ करोड ४८ लाख रूपैयाँ कर्जा लगानी गरेको बैंको विवरणमा उल्लेख छ अघिल्लो महिना अर्थात् कात्तिकमा बैंकले ४० अर्ब ७० करोड ७९ लाख बचत संकलन गरी ३५ अर्ब १० करोड २२ लाख रुपैयाँ ऋण प्रवाह गरेको थियो ।
बचत संकलन घट्न थालेपछि बैंकले पछिल्लो समय नयाँ कर्जा प्रवाह बन्द गर्दै असुलीमा जोड दिएको छ । कर्जा लगानी घटाएर बचत र ऋण असुलीमा प्राथमिकता दिएसँगै सहकारी बैंकको तरलतामा सुधार आएको हो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
