राष्ट्रिय सहकारी बैंक निर्वाचन: महिला सञ्चालकका लागि क्षेत्र निर्धारण
काठमाडौं : राष्ट्रिय सहकारी बैंकले महिला सञ्चालकका लागि क्षेत्र निर्धारण गरेको छ । बैंक सञ्चालक समितिको बैठकको निर्णय अनुसार लुम्बिनी र सुदुरपश्चिम प्रदेश महिला सञ्चालकका लागि क्षेत्र निर्धारण गरेको जनाएको छ ।
निर्वाचन समितिले आईतबार सूचना प्रकाशित गर्दै महिला संचालकको आरक्षणबारे जानकारी दिएको हो । बैंकको विनियमावली अनुसार संचालक समितिमा ३३ प्रतिशत महिला आरक्षण तोकिएको छ । निर्वाचन कार्यविधि अनुसार महिलाका लागि प्रदेश क्षेत्र निर्धारण गर्ने अधिकार संचालक समितिमा रहेको छ ।
बैंकको पुस १६ गते हुने १९ औं वार्षिक साधारण सभाले अध्यक्ष सहित १५ जना संचालक र संयोजक सहित तीन जनाको लेखा समिति चयन गर्नेछ । संचालकमध्ये प्रदेश संचालकमा २ जना महिला र खुल्ला संचालकमा तीन महिला आरक्षण गरिएको छ । यस्तै लेखा समितिमा पनि एक महिला अनिवार्य छ ।
उपसमितिले सार्वजनिक गरेको कार्यतालिका अनुसार पुस ५ गतेदेखि १८ गतेसम्म निर्वाचनको समय तोकिएको छ । पुस ५ गते मतदाता नामावली प्रकाशन, दाबी विरोध, अन्तिम नामावली प्रकाशन र उम्मेदवारी पत्र वितरण गर्ने जस्ता कार्यक्रम रहेका छन्, पुस ६ गते उम्मेदवारहरूको पहिलो नामावली प्रकाशन, उम्मेदवारी सूचीउपरको दाबी विरोध, दरखास्त, दाबी–विरोधको छानबिन र उम्मेदवारी उपर परेको उजुरीको निर्णय ९नामावली प्रकाशन० गर्ने रहेको छ, पुस ७ गते उम्मेदवारी फिर्ता र अन्तिम उम्मेदवारी सूची प्रकाशन र पुस १६ गते सातै प्रदेशमा हुने इकाइ सभामा ११ः ३० बजेदेखि ५ बजेसम्म मतदान कार्यक्रम राखिएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
