२४ कात्तिक २०८३, मङ्गलबार

सहकारीखबरको गण्डकी प्रमुखमा पूर्णकुमार श्रेष्ठ नियुक्त

२०७९ पुष २, शनिवार
सहकारीखबरको गण्डकी प्रमुखमा पूर्णकुमार श्रेष्ठ नियुक्त

काठमाडौं : सहकारी क्षेत्रको पहिलो डिजिटल पत्रिका सहकारीखबर डट कमको गण्डकी प्रदेश प्रमुखमा पूर्णकुमार श्रेष्ठ नियुक्त भएका छन् । श्रेष्ठलाई शुक्रबार एक कार्यक्रमका बीच प्रबन्ध निर्देशक तथा सम्पादक काजी श्रेष्ठले नियुक्त पत्र हस्तान्तरण गरेका हुन् ।

श्रेष्ठको नियुक्तीसँगै गण्डकी प्रदेशमा सहकारीखबरको पहुँच विस्तार हुने अपेक्षा गरिएको छ । विशेष गरी कास्की जिल्लाका सहकारी गतिविधि, समाचारहरुले थप स्थान पाउनुका साथै व्यवसाय समेत विस्तार हुने अपेक्षा प्रकाशक संस्था नेचुरल मिडिया प्रा.लि.ले गरको छ ।

नियुक्ती पत्र हस्तान्तरण कार्यक्रममा नेचुरल मिडिया प्रा.लि.का व्यवस्थापक अप्सरा श्रेष्ठको समेत सहभागिता रहेको थियो ।

सहकारीखबर सहकारी क्षेत्रमा लोकप्रिय डिजिटल पत्रिका हो । सहकारीखबर २०६९ सालदेखि सञ्चालनमा रहेको छ ।

 

अभिलेख

लोकप्रिय