२४ कात्तिक २०८३, मङ्गलबार

अब सहकारीहरुले कम्फड जोन छोड्नुपर्छ: सचिव रेग्मी

२०७९ पुष १, शुक्रबार
अब सहकारीहरुले कम्फड जोन छोड्नुपर्छ: सचिव रेग्मी

काठमाडौं : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले अब सहकारीहरुले कम्फड जोन छोड्नुपर्ने बताएका छन् ।

‘सहकारीलाई कसले प्रोत्साहन गर्ने, कसले बिस्तार गर्ने, को नियामकमा बस्ने र कसले अन्तर निकायहरुसँग समन्वय गर्ने विषयमा एकिन हुनुपर्छ’, उनले भने, ‘कम्फड जोनमा बसेर सहकारीहरुको प्रगति हुँदैन । कम्फर्ट जोन मन्त्रालय तथा अन्य सरोकारवाला निकायहरुले पनि तोड्नुपर्छ ।’

अबको सहकारीको संस्कृति बिना सहकारीमा देखिने समस्या निराकरण गर्न र सरकारले चाहेको जस्तो अर्थतन्त्रमा चलायमान गराउन धेरै चुनौती रहेको समेत बताए ।

बिहीबार समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै सचिव रेग्मीले भने, ‘समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले दुई वटा रोलमा आउनुपर्छ । जसमा हट आइरनको रुपमा समस्याग्रस्त सहकारी व्यवस्थापन समितिलाई देखेर गलत काम गर्ने सहकारीलाई त्रासको वातावरण बनाएर तर्सनुपर्छ । गलत काम गर्ने सहकारीलाई समितिले कारवाही गर्दा बचतकर्ताको रकमलाई समेत सुरक्षित गर्ने अभियानमा लागेका छौं । सरकारले समग्र सहकारीलाई शुसाशनयुक्त बनाउनमा सबैको सहकार्य आवश्यक छ ।’

अभिलेख

लोकप्रिय