१६ वैशाख २०८३, बुधबार

सुनौलो सहकारीको १५औं साधारण सभा सम्पन्न, अध्यक्षमा टिकाराम सापकोटा निर्वाचित

२०७९ मंसिर २५, आईतवार
सुनौलो सहकारीको १५औं साधारण सभा सम्पन्न, अध्यक्षमा टिकाराम सापकोटा निर्वाचित

कास्की : पोखरा-६, बैदाममा मुख्य कार्यालय रहेको सुनौलो बचत तथा ऋण सहकारीको १५ औं वार्षिक साधारण सभा पाचौँ अधिवेशन सम्पन्न भएको छ । संस्थाका अध्यक्ष टिकाराम सापकोटाको अध्यक्षतामा संम्पन्न भएको कार्यक्रमको संचालन सचिव सोम बहादुर थापाले गरेका थिए भने संस्थाका उपाध्यक्ष भोज कुमार श्रेष्ठले सहकारीका सात सिद्धान्त बाचन गरी स्वागत मन्तव्य राखेका थिए ।

वार्षिक साधारण सभामा पोखरा म.न.पा वडा नं. ०६ का वडा अध्यक्ष विष्णु बहादुर भट्टराईको प्रमुख आथिथ्यता रहेका थियो । कार्यक्रममा भट्टराईले पर्यटकीय सुन्दर नगरी लेकसाईडमा रहेको यस सहकारीले उत्पादनमा जोड दिदैँ सहकारीलाई संस्थागत सुशासन, व्यवसायिक दक्षता र वित्तीय अनुशासन कायम गरी संचालन गर्नुपर्ने बताए ।

कार्यक्रममा संस्थाका सल्लाहकारहरु डम्बर बहादुर के.सी., गणेश बहादुर भट्टराई, बच्चुराम तिवारी, बिष्णु बहादुर गुरुङ्, पुर्व बैंकर एवं सस्थाका सदस्य महेश्वर पाहारी र सदस्य उमा देबी अधिकारी लगायतका बक्ताहरुले आ आफ्नो शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा वर्ष उत्कृष्ठ कर्मचारीको रुपमा बजार प्रतिनिधि सुमित्रा जि.सी, उत्कृष्ठ सदस्यहरुमा विष्णु प्रसाद गुरुङ्, दिपेन्द्र देबी घिमिरे थापा, पार्बता पाण्डे र धिरज अर्याललाई सम्मान पत्रबाट सम्मान तथा पुरस्कृत गरिएको थियो । साथै सुनौलो शैक्षिक पुरस्कार अन्र्तगत आधारभुत तहमा एरिका बराल र माध्यामिक तहमा कृष्ण पाण्डे लाई नगद तथा प्रमाणपत्रबाट सम्मान तथा पुरस्कृत गरिएको थियो ।

यसै बीच १५ औं वार्षिक साधारण सभा तथा पाचौँ अधिवेशनले सचिव को प्रतिबेदन, लेखा सुपरिवेक्षण समतिको प्रतिबेदन , लेखा परिक्षणको प्रतिवेदन र कोषाध्यक्षको वार्षिक नीति कार्यक्रम तथ बजेट प्रस्ताव समेत पारित गरेको छ ।

साथै आगामी ३ बर्षिय कार्यकालको लागि टिकाराम सापकोटाको अध्यक्षतामा ९ सदस्यीय संचालक समितिको सर्वसहमतिमा निर्वाचन सम्पन्न भएको छ । नवनिर्वाचित सहकारीको उपाध्यक्षमा भोजकुमार श्रेष्ठ, सचिवमा सोम बहादुर थापामगर, कोषाध्यक्षमा लिला भट्टराई चयन भएका छन् त्यस्तै संचालकहरुमा गायत्री फुयाल, मधुमाया सापकोटा, जिवनराज सापकोटा, उमा देबी अधिकारी, रामचन्द्र शर्मा निर्वाचित भएका छन् ।

त्यसैगरी लेखासुपरिवेक्षण समिति संयोजकमा ईश्वरी प्रसाद पौडेल, सदस्यमा जगन्नाथ तिमिल्सिना र तारा प्रसाद गौतम निर्वाचित भएका छन् ।

हाल संस्थामा २ हजार ४ सय ८७ जना शेयर सदस्य र शेयर पुँजी ६ करोड १३ लाख रहेकौ छ । संस्थाको कुल वासलत २८ करोड ७४ लाख को रहेको छ भने संस्थाले १९ करोड ७७ लाख निक्षेप संकलन गरी २१ करोड ४९ लाख ऋण परिचालन गरेको संस्थाका सचिव सोम बहादुर थापाले जानकारी गराए ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!

अभिलेख

लोकप्रिय