पुर्वाञ्चल सहकारीको २५औं साधारण सभा सम्पन्न, ५६ करोडको कारोबारबाट आठ करोड आम्दानी
प्रकाश बन्जारा
सुनसरी : इटहरीमा रहेको पुर्वाञ्चल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले एक वर्षमा ५६ करोड रुपैयाँ भन्दा बढीको कारोबार गरेको छ । संस्थाको २५ औँ वार्षिक साधारण सभामा शनिवार नाफा नोक्सान हिसाव प्रस्तुत गर्दै सम्पन्न भएको छ ।
संचालक समितिका अध्यक्ष दिनेश कुमार भट्टराईले संस्थाले आर्थिक वर्ष २०७८/०७९ मा ५६ करोड १४ लाख ८३ हजार १ सय ६७ रुपैयाँको कारोबार गरेको जानकारी दिए । अघिल्लो आर्थिक वर्षमा भन्दा सो आर्थिक वर्षमा संस्थाको कुल कारोबारमा ०.७६ प्रतिशतले कमी आएको बताउँदै संचालक भट्टराईले एक वर्षमा पुर्वाञ्चल बचत तथा ऋण सहकारी संस्थाले १ करोड ३४ लाख ८७ हजार ९८९ रुपैयाँ नाफा कमाएको बताए । अघिल्लो आर्थिक वर्षमा १ करोड २३ लाख रुपैयाँ नाफा कमाएको सहकारीले आर्थिक वर्ष २०७८/०७९ मा ९.२ प्रतिशतले नाफामा वृद्धि भएको बताइएको छ ।
चालु आर्थिक वर्षको असोज ६ गतेसम्ममा १ हजार ६ सय ६० जना सदस्य रहेको सहकारीको पुँजी १० करोड ५८ लाख ६८ हजार ८ सय रुपैँया रहेको र गत आर्थिक वर्षमा मात्रै ३९ करोड ६२ लाख ५९ हजार ४१३ रुपैँया निक्षेप संकलन गरी ५० करोड ८५ लाख ८२ हजार ९७१ रुपैँया ऋण लगानी गरेको साधारण सभामा सदस्यहरुलाई जानकारी गराइएको छ ।
साकोसले ८ करोड २७ लाख २ हजार २ सय २१ रुपैयाँ कुल आम्दानी गरेको छ । अघिल्लो आर्थिक वर्षमा ७ करोड २९ लाख नाफा कमाएको सहकारीले यसपटक १३.३० प्रतिशत नाफामा वृद्धि भएको जनाएको छ ।
संस्थाले ५ करोड ७३ लाख ५ सय ५१ रुपैयाँ रकम सदस्यहरुलाई व्याज भुक्तानी गरेको छ भने ४७ लाख ५४ हजार ७ सय ७२ रुपैयाँ राजश्व तिरेको छ ।
२०५३ सालमा स्थापना भएको पुर्वाञ्चल बचत तथा ऋण सहकारी हाल आफ्नै भवनमा रही वित्तीय र सहकारीका सदस्यको जिवन स्तर वृद्धिको काम गरीरहेको र भोलीका दिनमा अझ परिस्कृत हुँदै जाने अध्यक्ष भट्टराईले बताए ।

संस्थाका शेयर सदस्यहरुको उल्लेख्य उपस्थितीमा भएको साधारण सभामा संस्थाका पुर्व अध्यक्ष एंव सल्लाहकार लेखनाथ घिमिरेको प्रमुख आतिथ्यता थियो भने संस्थाका निवर्तमान अध्यक्ष डा वेणुप्रसाद सिटौलाको उपस्थिती रहेको थियो ।
संस्थाले उत्कृष्ट बचतकर्ता पुरस्कारबाट इटहरी ५ का हेमन्त थपलिया, उत्कृष्ट ऋणी पुरस्कारबाट कृष्णध्वज तामाङ्ग र सरिता चौधरी साथै उत्कष्ट बर्ष कर्मचारीबाट कार्यलय सहायक रामप्रसाद पौडेत तथा बर्ष उत्कृष्ट बजार प्रतिनिधि पुरस्कारबाट प्रतिक आचार्यलाई नगद, दोसल्ला र प्रमाणपत्र सहित सम्मान गरेको छ । संस्थाको जेष्ठ सेयर सदस्य सम्मान तर्फ नारायण प्रसाद खतिवडा र पदमकुमारी भुजेल परेका छन् भने उत्कृष्ट बर्ष विद्यार्थी पुरस्कार तर्फ विश्व आदर्श माविमा अध्ययनरत विद्यार्थीद्धय दिवस चुवान र सुजाता घिमिरेले पुरस्कार पाएका छन् ।
संस्थाका संचालक समिति सचिव गणेश दुलालले संचालन गरेको कार्यक्रममा उपाध्यक्ष टिकादेवी पौडेलले स्वागत मन्तव्य राखेकी थिइन भने साधारण सभा संचालन अध्यक्ष दिनेशकुमार भट्टराईको सभापतित्वमा सम्पन्न भएको थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
