किसान बचतको २७औं साधारण सभा सम्पन्न
नवलपुर (गैंडाकोट) : किसान बचत तथा ऋण सहकारी संस्थाको २७औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । गैंडाकोट होटल दि नारायणीको सभाहलमा आयोजित २७औं वार्षिक साधारणसभा एवं निर्णय पुस्तिका प्रमाणीकरण समारोह संस्थाका अध्यक्ष श्रीहरि चालिसेको सभाध्यक्षमा सम्पन्न भएको हो ।
कार्यक्रममा नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कून)का उपाध्यक्ष शान्ति अधिकारीको प्रमुख आतिथ्यता, लेखा तथा सुपरिवेक्षण समिति संयोजक नवराज सापकोटा, जिल्ला सहकारी संघका वरिष्ठ उपाध्यक्ष एवं संस्थाका पूर्व अध्यक्ष तिलक प्रसाद पराजुली, निवर्तमान अध्यक्ष गोपाल प्रसाद गौतम, संस्थाका लेखा तथा सुपरिवेक्षण समिति संयोजक चिन्तामणी कण्डेल, संस्थाका संस्थापक अध्यक्ष कृष्ण प्रसाद शर्मा, संस्थाका सल्लाहकार संयोजक तथा पूर्व अध्यक्ष माधव प्रसाद गौतमको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा विशेष अतिथिको रुपमा निर्वाचन उपसमिति संयोजक रमेश काफ्लेज्यू, निर्वाचन उपसमिति सदस्य, पूर्व कोषाध्यक्ष एवं गैंडाकोट नगरपालिका वडा नं. ८का वडाध्यक्ष श्री प्रेम सापकोटाज्यू, निर्वाचन उपसमिति सदस्य, पूर्व कोषाध्यक्ष श्री कृष्ण प्रसाद ज्ञवालीज्यू र विभिन्न संघ(संस्थाका प्रतिनिधी, निर्वाचित जनप्रतिनीधि र समिति सदस्यहरु, सेवाकेन्द्र संयोजकहरु लगायत उपसमितिहरुको आतिथ्यतामा कार्यक्रम सञ्चालन भएको थियो ।
संस्थाका उपाध्यक्ष भोजराज पौडेलले स्वागत मन्तव्य व्यक्त गर्दै किसान साकोस सहकारी सिद्धान्त, मूल्य मान्यतामा आधारित उत्कृष्ठ संस्था रहेको बताए । किसान साकोसको चालू आर्थिक वर्षको कुल सम्पत्ती ३ अर्ब ४४ करोड ७९ लाख ५६ हजार ८ सय ४९ रूपैयाँ, सेयर पुँजी ३५ करोड १५ लाख ६६ हजार ८ सय रुपैयाँ रहेको बताए । चालु आर्थिक वर्षमा ४४ करोड ८० लाख पु¥याउने लक्ष्य रहेको बताए ।

कार्यक्रममा संस्थाका अध्यक्ष श्रीहरि चालिसेले एकाई साधारण सभाबाट प्रतिनिधीको रुपमा चयन भई आएका ५७ जना प्रतिनिधीलाई माईन्यूटमा लेखिएका निर्णयहरु निर्णायर्थ पेश गरि दस्तखतको लागि आह्वान गरेका थिए भने सदस्यहरुबाट आएका सुझावहरुलाई क्रमश सुधार गर्दै लैजाने बताए ।
यसै बीच २७ औं साधारण सभाबाट रिक्त रहेको सचिव पदमा सरस्वती कंडेल, कोषाध्यक्षमा राजेन्द्र गौतम, सह–सचिवमा दुर्गा प्रसाद चालिसे, सदस्यमा नवराज सापकोटा र दुर्गादेवी कंडेल सापकोटालाई सपथ ग्रहण तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
