सहकारीलाई सल्लाह सुझाव दिनेदेखि वित्तीय सहयोगसम्म महासंघले गर्ने
काठमाडौं : सहकारी संस्थाहरुमा देखिएको समस्या समाधानको लागि राष्ट्रिय सहकारी महासंघले गठन गरेको समितिले पहल गर्ने भएको छ । समितिले समस्यामा रहेको संस्थाहरुबाट निवेदन नै लिएर अनुगमन गर्ने, समाधानका लागि सल्लाह सुझाव दिनेदेखि वित्तीय सहयोग गर्नेसम्मको तयारी गरेको छ ।
महासंघको मंसिर १५ गते बसेको बोर्ड बैठकले समस्या उन्मुख संस्थाहरुको स्थलगत अध्ययन, विश्लेषण, समन्वय गर्ने जिम्मेवारी सहित संचालक केबी उप्रेतीको संयोजकत्वमा समिति बनाएको थियो । समितिको पहिलो बैठकले समस्या र समाधानको उपाय पहिल्याउँदै सुझाव दिने गरी प्राविधि उपसमिति समेत गठन गरेको छ ।
उपसमितिले बनाएको रणनीतिमा समितिमार्फत समस्या समाधानको योजनामा समस्याउन्मुख संस्थाबाट निवेदन लिने, त्यसपछि संस्थाको अनुगमन गर्ने, समाधानका लागि राय सल्लाह दिने तथा आवश्यक परेमा वित्तीय सहयोग समेत गर्ने प्रावधान राखिएको एक सदस्यले बताए ।
समितिको सहजिकरणमा समस्या समाधान हुन नसकेमा आवश्यक कारवाही अगाडी बढाउनका लागि सरकारी निकायमा सिफारीस गर्ने व्यवस्था पनि गरिएको छ । त्यसैरी समस्याउन्मुख संस्थाको स्थलगत अनुगमन गर्ने गरी विज्ञसहितको प्राविधिक समिति बनाउने प्रस्ताव पनि गरिएको छ ।
समितिका संयोजक केबी उप्रेतीले केही संस्थाहरुमा आंशिक समस्या देखिएको भएपनि समाधान उन्मुख रहेको बताए । ‘केही संस्थाको आंशिक समस्याले गर्दा अन्य सहकारीमा असर पर्ने देखिएको छ’, उनले भने, ‘सदस्यहरु हल्लाको पछि लाग्नु भएन ।’
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
