सहकारीमा समस्याभन्दा बढी हल्ला भए, विश्वासको वातावरण बनाऔं : मन्त्री पौडेल
काठमाडौं : सहकारी क्षेत्रमा देखिएको समस्या भन्दा हल्ला बढि भएको र विश्वासको वातारण बनाउन आवश्यक रहेको वागमती प्रदेश भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम पौडेलले बताएका छन् ।
सहकारी संघ/संस्था सञ्चालन, अनुगमन तथा लेखापरीक्षण मापदण्ड, २०७९ जारी गर्दै मन्त्री पौडेलले भने, ‘एक जनाले सहकारीमा पैसा निकाल्छ अनि बाटोमा फर्किदै गर्दा मैले त पैसा निकाले त पनि निकाल भन्दै हिड्छ । यहि हौवाको कारण सहकारीमा समस्या भएको छ ।’
काठमाडौं उपत्यकामा सहकारी रजिष्ट्रारको सम्पर्क कार्यालय काठमाडौंमा खोल्ने तयारी गरेपनि अर्थ मन्त्रालयको स्वीकृत नपाउँदा रोकिएको समेत मन्त्री पौडेलले बताए। सहकारी क्षेत्रमा धेरै काम गर्ने चाहना भएपनि अपेक्षा अनुसार काम गर्न नसकिएको स्विकार गरे ।
‘नेतृत्वदायी भूमिकामा, निकायमा जो कोही आओस् त्यसले कुनै अर्थ राख्दैन तर, नियत राम्रो भएको व्यक्ति आए त्यसले जनता र देशको लागि काम गर्छ’ मन्त्री पौडेलले भने, ‘गर्नुपर्ने काम धेरै नै बाँकी छन् तर आफ्नो कार्यकालमा एउटा राम्रो काम मापदण्ड बनाए जस्तो लाग्छ । यसले सहकारी क्षेत्रलाई व्यवस्थित गर्नेमा विश्वस्त छु’ उनले भने ।
मन्त्रालयमा सचिव बलराम निरौलाले संघीयतापछि कार्यान्वयनपछि सहकारीको अनुगमन प्रभावकारी हुन नसकेको बताए । अघिकांश सहकारी स्थानिय तहमा हस्तान्तरण भएपनि त्यहाँ दक्ष जनशक्तिको अभाव रहेको समेत बताए। प्रदेशका सहकारीको अनुगमन प्रभावकारी बनाउनका लागि मन्त्रालय सक्रिय रहेको समेत सचिव निरौलाले बताए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
