२४ कात्तिक २०८३, मङ्गलबार

पोखरा रोयलको सहकारी शिक्षा तथा विस्तारित मञ्च शुक्लागण्डकीमा

२०७९ मंसिर २०, मङ्गलबार
पोखरा रोयलको सहकारी शिक्षा तथा विस्तारित मञ्च शुक्लागण्डकीमा

कास्की : पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले संस्थाको दुलेगौंडा सेवा केन्द्र अन्तर्गत रहेका सदस्यहरु बीच सहकारी शिक्षाका साथै विस्तारित मञ्च सम्पन्न गरेको छ ।

संस्थाका सञ्चालक तथा दुलेगौंडा सेवा केन्द्र व्यवस्थापन उपसमिति संयोजक एकबहादुर गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत भीम गुरुङ्गले सहकारीको वर्तमान अवस्था, संस्थाले प्रदान गरिरहेको सेवा सुविधा, वित्तीय साक्षरता, सहकारीमा प्रविधिको प्रयोग, लघुवित्तमा सदस्यहरुको भूमिका जस्ता विषयमा प्रस्तुतिकरण गरेका थिए ।

कार्यक्रममा सहभागी सदस्यहरुले लघु कर्जा उपभोग गरिरहेको सदस्यहरुलाई सहुलियत दरको ऋण उपलब्ध गराउनुपर्ने, लघु ऋणको सीमा बढाउनुपर्ने र महिलाहरुलाई लक्षित गरि प्रविधी र शीपमूलक तालिमहरु उपलब्ध गराउनुपर्ने जस्ता सुझावहरु राखेका थिए ।

No photo description available.

सेवाकेन्द्र व्यवस्थापन उपसमितिका सदस्य दुर्लव थापाले सहभागीहरुलाई स्वागत मन्तव्य र सेवाकेन्द्र प्रमुख सरस्वती भुजेलले सञ्चालन गरेको कार्यक्रममा लघुवित्त कार्यक्रममा आवद्ध ४० जना सदस्यहरुको सहभागिता रहेको थियो ।

पोखरा रोयल सहकारीले आफ्नो वार्षिक कार्यतालिका बमोजिम सदस्य केन्द्रित तालिम तथा गोष्ठी साथै विस्तारित मञ्चहरु मार्फत नीतिगत सुधारको लागि सुझावहरु संकलन गर्दै आईरहेको छ । हाल संस्थामा ८ हजार ७ सय भन्दा बढी सदस्य रहेको छन् भने दुलेगौंडा सेवा केन्द्र अन्तर्गत मात्रै एक हजार आठ सय भन्दा बढी सदस्यहरु आवद्ध रहेका छन् ।

संस्थाले विगत देखि नै सदस्यहरुको माग बमोजिम एटिएम सेवा, मोवाईल बैकिङ्ग सेवा, क्यूआर कोड, एस एम एस बैकिङ्ग, लघु ऋण कार्यक्रम र दर्जनौ समुदाय केन्द्रित कृयाकलापहरु सञ्चालन गर्दै आईरहेको छ ।

May be an image of 10 people, people sitting, people standing and outdoors

अभिलेख

लोकप्रिय