सहारा र मेची सहकारीलाई राष्ट्रिय सहकारी महासंघको सदस्यता
काठमाडौं : झापाको दुई सहकारीले राष्ट्रिय सहकारी महासंघको एसोसिएसट (सहयोगी) सदस्यता प्राप्त गरेका छन् । महासंघको बिहीबार बसेको बोर्ड बैठकले चारपाने, झापामा रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था र दमकको मेची बहुउद्देश्यीय सहकारी संस्थालाई एसोसिएसट सदस्यता दिने निर्णय गरेको हो ।
सहारा नेपालमा एक लाख ६० हजार २५ सदस्य आवद्ध छन् भने ४ सय ४५ कर्मचारी कार्यरत रहेका छन् । यसको कुल सम्पत्ति १० अर्ब माथी को छ । त्यसैगरी मेची सहकारीमा १३ हजार ७ सय सदस्य आवद्ध छन् भने यसको कुल सम्पत्ती करिव साढे तीन अर्ब रहेको छ ।
राष्ट्रिय सहकारी महासंघको सहयोगी सदस्यता प्रदान सम्वन्धि कार्यविधि, २०७८ अनुसार एक अर्ब भन्दा माथि कुलपुँजी भएका प्रारम्भिक सहकारी संस्थाहरुलाई मात्र सहयोगी सदस्यता प्रदान गर्ने गर्दछ । संस्थाहरु सुसाशित र मर्यादित बनाई अभियानको प्रवद्र्धनमा समेत सहभागी गराउने उद्देश्यले एसोसिएट सदस्यता प्रदान गर्ने गरेको महासंघका महाप्रबन्धकचित्राकुमारी थाम्सुहाङ सुब्बाले जानकारी दिईन ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
