२४ कात्तिक २०८३, मङ्गलबार

राष्ट्रिय सहकारी महासंघले प्रारम्भिक संस्थालाई दिन सुरु गरेको सदस्यता कस्तो हो ?

२०७९ मंसिर १६, शुक्रबार
राष्ट्रिय सहकारी महासंघले प्रारम्भिक संस्थालाई दिन सुरु गरेको सदस्यता कस्तो हो ?

काठमाडौं : राष्ट्रिय सहकारी महासंघले प्रारम्भिक सहकारी संस्थालाई पनि सदस्यता दिन सुरु गरेको छ । बिहीबार बसेको महासंघ सञ्चालक समितिको बैठकले झापाका दुई सहकारी संस्थालाई एसोसिएट (सहयोगी) सदस्यता प्रदान गरेको हो ।

सदस्यता पाउने दुई सहकारीमा सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था र मेची बहुउद्देश्यीय सहकारी संस्था रहेका छन् ।

राष्ट्रिय सहकारी महासंघको सहयोगी सदस्यता प्रदान सम्बन्धी कार्यविधि–२०७८ अनुसार एसोसिएट सदस्यला दिन सुरु गरेको हो । महासंघको विनियममा पनि एसोसिएट सदस्यता प्रदान गर्न सकिने व्यवस्था छ ।

एसोसिएट सदस्यता प्राप्त गर्ने सहकारी संस्थाको मताधिकार भने हुँदैन । एसोसिएट सदस्यता प्राप्त गर्ने संस्था सुशासनमा सञ्चालन भएको, नियमित रुपमा नाफा कमाएको, नियमित साधारण सभा गरेको, एक अर्बभन्दा माथी कुल पुँजी रहेको लगायत प्रावधान कार्यविधिमा राखिएको छ ।

सहकारी संस्थालाई सुशासित र मर्यादित बनाई अभियानको प्रवद्र्धनमा समेत सहभागी गराउने उद्देश्यले एसोसिएट सदस्यता प्रदान गर्न सुरु गरिएको महासंघका महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाले जानकारी दिईन । सदस्यता प्राप्त गर्ने सहकारीको नियमित अनुगमन समेत गरिने महाप्रबन्धक सुब्बाको भनाई छ ।

महासंघले प्रारम्भिक सहकारी संस्थालाई सदस्यता प्रदान गर्ने अभ्यास सहकारी क्षेत्रमा नयाँ होईन । राष्ट्रिय सहकारी महासंघ, एशियाली ऋण महासंघले पनि प्रारम्भिक सहकारीलाई सदस्य बनाउँछ । त्यस्तै भारत, चिन, जापान लगायत धेरै मुलुकका महासंघले प्रारम्भिक सहकारी संस्थालाई सदस्यता बनाउँछ ।

अभिलेख

लोकप्रिय