२४ कात्तिक २०८३, मङ्गलबार

३६ सहकारी सम्पर्क बाहिर, ३५ दिनभित्र सम्पर्कमा नआए कारबाही (नामसहित)

२०७९ मंसिर १५, बिहिबार
३६ सहकारी सम्पर्क बाहिर, ३५ दिनभित्र सम्पर्कमा नआए कारबाही (नामसहित)

विराटनगर : विराटनगर महानगरपालिकाको क्षेत्राधिकारभित्र रहेका ३६ सहकारी संस्था सम्पर्कमा नआएपछि सूचना जारी गरिएको छ ।

महानगरपालिकाले ३५ दिन भित्र त्यस्ता सहकारीलाई सम्पर्कमा आउन सूचना जारी गरेको हो । ३५ दिन भित्र सम्पर्कमा नआए कानुन बमोजिम कारबाही गर्ने महानगरपालिकाले जनाएको छ । विराटनगर महानगरपालिकाको क्षेत्राधिकारभित्र १९३ वटा सहकारी संस्था छन् ।

अभिलेखमा रहेका ३६ सहकारी संस्था सम्पर्कमा नआएको, अनुगमनमा पनि सहकारी संस्थाको उल्लेखित ठेगानामा नभएको, हालसम्म कुनै पनि विवरण नबुझाएको भन्दै ३५ दिने सूचना जारी गरेको हो ।

 

अभिलेख

लोकप्रिय