स्मार्ट क्युआरमा सहकारी पनि जोडियो, एमडबली मार्फत भुक्तानी गर्न सकिने
काठमाडौं : स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड (एससिटी) द्वारा सञ्चालित स्मार्ट क्युआरमा आबद्व मर्चेन्टलाई एमडबली मार्फत भुक्तानी गर्न सकिने भएको छ ।
ईन्फोडेवलपर्सद्वारा सञ्चालित एमडबली एप सहकारीलाई लक्षित गरिएको मोबाइल बैकिग सेवा हो । हाल १ सय ७० भन्दा धेरै सहकारीमा सञ्चालनमा ल्याईएको एमडबली मा स्मार्ट क्युआर सेवा सुरु गरिएको हो ।
हाल आर्जन बचत तथा ऋण सहकारीका एमडबली प्रयोगकर्ताले यो सुबिधा लिन सक्नेछन् भने छिट्टै अरु सहकारीहरु मा पनि यो सेवा विस्तार गरिने योजना रहेको ईन्फोडेवलपर्सका प्रमुख कार्यकारी अधिकृत उमेश रघुवंशीले जनाकारी दिए ।
स्मार्ट क्युआर नेटवर्कमा भाट-भटेनी सुपर मार्केट, बिग मार्ट, एक्सप्रेस मार्ट, किराना, बिग डिजिटल लगायतका एक लाख साठी हजार भन्दा धेरै मर्चेन्टहरु आवद्ध छन् ।
हालसम्म बैंक तथा वालेटहरु मात्र आबद्ध भएको परिदृश्यमा एमडबली मार्फत सहकारीका सदस्यहरुले पनि यो सुबिधा मार्फत लाभ लिन सक्ने कुराले आफुहरु उत्साहित भएको स्मार्टच्वाईस टेक्नोलोजिजका प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजुले बताए । साथै सेवा सुरु गर्नलाई सहकारीहरु स्मार्टच्वाईस टेक्नोलोजिज वा ईन्फोडेवलपर्समा सम्पर्क गर्न आग्रह गरे ।
ईन्फोडेवलपर्सले विगत २० वर्षदेखि सहकारी, वित्तीय संस्था, सरकारी, गैरसरकारी तथा अर्ध-सरकारी संस्थाहरूमा गुणस्तर र भरपर्दो आईटी र कोर बैंकङ्ग सेवाहरू उपलब्ध गराउँदै आएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
