लैंगिक हिंसाविरुद्धको अभियान चलाउन दुई सहकारीलाई नगद सहयोग
दाङ : लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानमा सचेतना जगाउन भन्दै राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टले दुई वटा सहकारी संस्थालाई १५/१५ हजार रुपैयाँ सहयोग गरेका छन् ।
अध्यक्ष विष्टले राप्ती–३, मसुरियास्थित भृकुटी महिला विकास सहकारी संस्था र राप्ती–८ पिपरीस्थित लक्ष्मी महिला विकास सहकारी संस्थालाई १५/१५ हजारको दरले ३० हजार रुपैयाँ सहयोग गरेका हुन् ।
आफूले पाउने मंसिर महिनाको सेवा सुविधाबाट सहयोग गरेको बताए ।
‘सभ्य समाजको पहिचान: लैंगिक हिंसा विरुद्धको अभियान’ भन्ने मूल नाराका साथ राप्ती गाउँपालिकाको सभाहलमा आयोजित लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको कार्यक्रममा अध्यक्ष विष्टले उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।
लैंगिक हिंसा अन्त्यका लागि परिवार तथा समाजमा सचेतना फैलाउन जरुरी रहेको भन्दै त्यसका लागि सहकारीको अहम् भूमिका रहनु पर्ने बताए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
