सहकारी विभागलाई राष्ट्र बैंकले पठायो औसत ब्याजदर, यसै साता बैठक बस्दै
काठमाडौं : राष्ट्र बैंकले बैंकहरुको औसत ब्याजदर सहकारी विभागलाई पठाएको छ । मंसिर १२ गते राष्ट्र बैंकले औसत ब्याजदर पठाएसँगै सहकारीको सन्दर्भ ब्याजदर (रेफेरेन्स इन्ट्रेस्ट) सुझाव उप समितिको बैठक बस्ने तयारी भएको छ ।
उप समितिको बैठक यसै साता बस्ने र बैंकको औसत ब्याजदर, बचत तथा ऋणको कारोबार गर्ने केन्द्रीय संघमा आवद्ध संस्था र संघहरुको औसत ब्याजदर, सहकारी बैंकको औसत ब्याजदर, विभिन्न अध्ययन, सहकारी महासंघ र विषयगत केन्द्रीय संघहरुबाट प्राप्त सुझावको विषमा छलफल गरी सन्दर्भ ब्याजदर निर्धारण समितिमा पेश गर्नेछ ।
राष्ट्र बैंकले पठाएको असोज महिनाको कर्जाको औसत ब्याजदरमा वाणिज्य बैंकहरुको १२.१९ प्रतिशत, विकास बैंकहरुको १४.६२ र लघुवित्तहरुको १४.९७ प्रतिशत रहेको छ ।
सन्दर्भ ब्याजदर निर्धारण समितिले २०७८ फागुन १५ गतेबाट लागू हुनेगरी सन्दर्भ ब्याजदरको अधिकतम सीमा १६ प्रतिशत कायम गरेको थियो । त्यस्तै बचत र ऋणको ब्याजदरको अन्तर ६ प्रतिशत कायम हुनुपर्ने निर्णय गरेको थियो । त्यस्तै ऋण लगानीमा व्यक्तीगत तर्फ १ प्रतिशत र सामूहिक जमानीतर्फ १.५ प्रतिशतभन्दा बढी सेवा शुल्क लिन नपाउने निर्णय गरेको थियो ।
पछिल्लो समयमा बैंकहरुको ब्याजदर बढेसँगै सहकारीको सन्दर्भ ब्याजदर बढाउनुपर्ने माग सहकारीकर्मीले गर्दै आएका छन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
