सहकारी बैंकको निर्वाचन तालिका सार्वजनिक, पुष ६ मा उम्मेदवारी दर्ता र १६ मा मतदान
ललितपुर : राष्ट्रिय सहकारी बैंक लिमिटेडको १९ औं वार्षिक साधारण सभाले नयाँ सञ्चालक समिति चयन गर्दैछ ।
पुष १६ गते एकाई सभा र १८ गते एकाई प्रतिनिधिको केन्द्रीय साधारण सभा हुने निर्णय शुक्रबार बसेको सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, विज्ञ समूह र उप–समितिको संयुक्त बैठकले गरेको थियो ।
सभाले नयाँ सञ्चालक समिति र लेखा सुपरिवेक्षण समिति चयन गर्ने भएको हुँदा निर्वाचन उपसमितिले निर्वाचन कार्यक्रम तालिका प्रकाशन गरेको छ ।
निर्वाचन समितिले प्रकाशन गरेको कार्यक्रम तालिका अनुसार पुष ५ गते मतदाता नामावली प्रकाशन, मतदाता नामावली उपर दावी विरोध, अन्तिम नामावली प्रकाशन र उम्मेदवारी पत्र वितरणको कार्यक्रम रहेको छ ।
त्यस्तै पुष ६ गते उम्मेदवारको दरखास्त दर्ता, उम्मेदवारहरुको पहिलो नामावली प्रकाशन, उम्मेदवारी सूचि उपरको दावी विरोध, दरखास्त एवं दावी विरोधको छानविन, उम्मेदवारी उपर परेको उजुरीको निर्णय तथा नामावली प्रकाशन रहेको छ ।
त्यसैगरी पुष ७ गते उम्मेदवारले आफ्नो नाम फिर्ता लिने र अन्तिम उम्मेदवारी सूचि प्रकाशन रहेको छ । पुष १६ गते निर्वाचन उपसमितिका तर्फबाट मतदान प्रक्रियाको जानकारी र मतदान कार्यक्रम तय भएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
