२४ कात्तिक २०८३, मङ्गलबार

जनउत्थान सहकारीले सदस्यलाई निर्ब्याज ऋण दिने

२०७९ मंसिर ९, शुक्रबार
जनउत्थान सहकारीले सदस्यलाई निर्ब्याज ऋण दिने

रुपन्देही : तिलोत्तमा-१५, कोटिहवामा मुख्य कार्यालय रहेको जनउत्थान बचत तथा ऋण सहकारी संस्थाले सदस्यलाई निर्ब्याज ऋण सापटी दिने भएको छ । संस्थाले सदस्यहरुलाई प्रोत्साहन गर्न २ वर्षसम्मको लागि निर्ब्याज ऋण सापटी दिने भएको हो ।

संस्थाका अनुसार ७ वटाभन्दा बढी माउ बाख्रा पालन गर्ने किसानलाई मात्र उक्त ऋण दिन लागेको हो । बाख्रा पालन गर्ने किसानलाई प्रति सदस्य १० हजारका दरले मात्र ऋण उपलब्ध गराउने संस्थाले जनाएको छ ।

उक्त ऋण २ वर्ष भित्र तिर्नुपर्ने समेत संस्थाले बताएको छ । ऋण लिन चाहने सदस्यहरुले २० गतेसम्म नाम दर्ता गराउनुपर्ने संस्थाले जनाएको छ ।

अभिलेख

लोकप्रिय