नेफ्स्कूनसँग लगानी योग्य रकम ३ अर्ब ८४ करोड
काठमाडौं : नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) ले लगानी योग्य रकम (तरलता) ह्वात्तै बढाएको छ ।
असोज महिनामा नेफ्स्कूनसँग १८.१६ प्रतिशत तरलता थियो । उक्त तरलता रकम बढेर कार्तिक मसान्तमा आईपुग्दा २४.१४ प्रतिशत पुगेको छ ।
नेफ्स्कूनले सेयर पुँजीमा वृद्धि, कुल बचतमा बृद्धिमा र लगानी रकम कम गरी तरलता बढाएको हो ।
असोज मसान्तमा नेफ्स्कूनसँग सेयर पुँजी १ अर्ब ६९ करोड २० लाख रुपैयाँ, जगेडा कोष ३४ करोड ७९ लाख रुपैयाँ, कुल बचत १५ अर्ब ६९ करोड ३३ लाख रुपैयाँ, ऋण लगानी १५ अर्ब ३७ करोड ७९ लाख रुपैयाँ रहेको थियो । त्यस्तै तरलता रकम २ अर्ब ८४ करोड ९२ लाख ९३ हजार अर्थात १८.१६ प्रतिशत रहेको थियो ।
त्यस्तै कार्तिक मसान्तमा आईपुग्दा सेयर पुँजी १ अर्ब ६९ करोड ४७ लाख रुपैयाँ, जगेडा कोष ३४ करोड ७९ लाख, कुल बचत १५ अर्ब ९१ करोड २७ लाख रुपैयाँ, ऋण लगानी १५ अर्ब २५ करोड ३४ लाख रुपैयाँ रहेको छ । नेफ्स्कूनसँग ३ अर्ब ८४ करोड १९ लाख ८६ हजार अर्थात् २४.१४ प्रतिशत तरलता रहेको कार्तिक महिनाको वित्तीय विवरण (अपरिष्कृत) मा उल्लेख छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सीजेएनले मनायो १६औँ स्थापना दिवस, राहत कोषमा सहयोग गर्ने घोषणा
१९ भाद्र २०८३, शुक्रबार
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार