२४ कात्तिक २०८३, मङ्गलबार

२४ वर्षमा श्री युवा साकोस, उत्कृष्ट वित्तीय सेवामा समर्पित छौं : अध्यक्ष बास्तोला

२०७९ मंसिर ३, शनिवार
२४ वर्षमा श्री युवा साकोस, उत्कृष्ट वित्तीय सेवामा समर्पित छौं : अध्यक्ष बास्तोला

काठमाडौं : चाँगुनारायण नगरपालिका-६, भक्तपुर स्थित श्री युवा बचत तथा ऋण सहकारी संस्था (श्री युवा साकोस) २४ वर्षमा प्रवेश गरेको छ ।

२०५६ साल मंसिर ३ गते साविकको नगरकोट गाविस वडा नं. १, २ र ३ लाई आफ्नो कार्यक्षेत्र बनाई संस्था स्थापना भएको थियो ।

२०७९ मंसिर २ गतेसम्म संस्थामा ५ हजार ५ सय ३५ जना सदस्य र १ हजार ६ सय १९ जना बाल बचतकर्ता आवद्ध भएका छन् । संस्थाको कुल पुँजी १ अर्ब ३ करोड ३४ लाख २५ हजार ६ सय ८२ रुपैयाँ रहेको छ ।

चाँगुनारायण नगरपालिकाको ५, ६, ७ र ८ वडा कार्यक्षेत्र रहेको संस्थाले १ मुख्य कार्यालय र २ वटा सेवा केन्द्रबाट सदस्यले सेवा प्रदान गर्दै आएको छ ।

संस्थाले सदस्यको सेवालाई सर्वोपरी राखी कार्य गरिरहेको र आगामी दिनमा सेवालाई स्तरोन्नती गरी सदस्यहरुको आर्थिक समृद्धिको लागि उत्कृष्ट वित्तीय सेवामा समर्पित रहने संस्थाका अध्यक्ष प्रल्हाद बास्तोलाले बताए ।

संस्थाका अध्यक्ष बास्तोलाले स्थापना दिवसको अवसरमा शुभकामना सन्देश प्रकाशित गर्दै सदस्यहरुको पहिलो छनोट वित्तीय सेवामा युवा साकोस भन्ने परिकल्पनाका साथ संस्था अघि बढेको बताए ।

गुणस्तरिय, नविनतम्, सर्वसुलभ वित्तीय सेवा प्रदायक संस्था, सक्षम मानव संसाधनद्वारा प्रभावकारी कार्य सम्पादन गर्ने संस्था, सुखी र खुसी सदस्य, गैर वित्तीय सेवा प्रदायक संस्था, सुशासनसँगै संस्थागत विकासको ध्येयका साथ संस्था अघि बढ्ने प्रतिवद्धता संस्थाको रहेको अध्यक्ष बास्तोलाले बताए ।

अभिलेख

लोकप्रिय