२४ कात्तिक २०८३, मङ्गलबार

पोखरा रोयलद्वारा कार्तिक महिनाको वित्तीय विवरण सार्वजनिक, तरलता १७.०७% कायम

२०७९ मंसिर २, शुक्रबार
पोखरा रोयलद्वारा कार्तिक महिनाको वित्तीय विवरण सार्वजनिक, तरलता १७.०७% कायम

कास्की : पोखरामा रोयल बचत तथा ऋण सहकारी संस्थाले कार्तिक महिनाको वित्तीय विवरण सार्वजनिक गरेको छ । सहकारी विभागको साउन ३१ गतेको निर्देशन बमोजिम पोखरा रोयलले कार्तिक महिनाको वित्तीय विवरण बिहीबार सार्वजनिक गरेको हो ।

संस्थाले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार कार्तिक मसान्तसम्म शेयरपुँजी २१ करोड ७ लाख ९७ हजार ९ सय रुपैयाँ, जगेडा कोष १५ करोड ७३ लाख २५ हजार ४ सय ४८ रुपैया र कुल बचत १ अर्ब ६१ करोड ८० लाख १९ हजार ९ सय ९६ रुपैयाँ रहेको छ ।

त्यस्तै संस्थाको कुल संस्थागत पुँजी १५ करोड ८८ लाख ३४ हजार ६ सय १ रुपैयाँ, विभिन्न कोषहरुमा ११ करोड ६७ लाख ८९ हजार ६ सय १० रुपैयाँ र ऋण लगानी १ अर्ब ८० करोड ८७ लाख ४८ हजार ५ सय ३ रुपैयाँ रहेको छ ।

पोखरा रोयलका ८ हजार ६ सय ६९ जना सदस्य रहेका छन् भने १ हजार ५ सय २३ जनाले संस्थाबाट ऋण लिएका छन् । २ अर्ब २१ करोड ४५ लाख ६८ हजार ८ सय ८७ रुपैयाँ कुल सम्पत्ति रहेको संस्थाले १७.०७ प्रतिशत तरलता व्यवस्था कायम गरेको छ ।

संस्थाले ६ करोड रुपैयाँ वित्तीय लगानी (मुद्दती) गरेको छ ।

असोज मसान्तमा संस्थासँग १५.४९ प्रतिशत तरलता रहेको थियो ।

 

अभिलेख

लोकप्रिय