जनउत्थान सहकारीमा प्रयाप्त तरलता (१९.४५%) हुँदा अन्य वित्तीय विवरण कस्तो छ?
रुपन्देही : तिलोत्तमा-१५ कोटिहवा, रुपन्देही स्थित जनउत्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेडले कार्तिक महिनाको वित्तीय विवरण सार्वजनिक गरेको छ । सहकारी विभागको २०७९ साउन ३१ गतेको निर्देशन बमोजिम संस्थाले कार्तिक महिनाको वित्तीय विवरण सार्वजनिक गरेको हो ।
संस्थाले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार कार्तिक मसान्तसम्म शेयरपुँजी २९ करोड १३ लाख ४ हजार ७ सय रुपैयाँ, जगेडा कोष २३ करोड ७४ लाख ७६ हजार ७ सय ७८ रुपैयाँ, कुल बचत २ अर्ब ३८ करोड ६८ लाख ३२ हजार ३ सय ३५ रुपैयाँ र ऋण लगानी २ अर्ब ५२ करोड ५ लाख १५ हजार ९ सय ९८ रुपैयाँ रहेको छ ।
त्यस्तै कर्जा जोखिम कोषमा ४ करोड ९३ लाख ७ हजार ३ सय ४८ रुपैयाँ रहेको छ भने तरलता रकम ४६ करोड ४३ लाख ६९ हजार २ सय ६७ रुपैयाँ (१९.४५ प्रतिशत) रहेको संस्थाले प्रकाशित गरेको विवरणमा उल्लेख छ ।
संस्थाका ३८ हजार ४ सय २० जना सदस्य रहेका छन् भने ९ हजार ९ सय ५० जनाले संस्थाबाट ऋण लिएका छन् ।
संस्थाको कुल सम्पत्ती ३ अर्ब ९ करोड २६ लाख १७ हजार २ सय ९० रुपैयाँ रहेको छ ।
असोज मसान्तमा संस्थाको तरलता ४१ करोड रुपैयाँ रहेको थियो ।

संस्थाले कार्तिक ५ गते १७ औं वार्षिक साधारण सभा सम्पन्न गरेको थियो । उक्त साधारण सभाबाट सदस्यहरुलाई १६ प्रतिशत शेयर लाभान्स दिने निर्णय गरेको थियो ।
सभाले गत आर्थिक वर्ष २०७८/७९ को १०.११ करोड शुद्ध मुनाफा सहितको आय व्यय विवरण र आगामी आर्थिक वर्ष २०७९/८० मा १२.३४ करोड शुद्ध मुनाफा र ३६३ करोड कुल वासलात पु¥याउने लक्ष्य सहितको अनुमानित आय व्यय पारित गरेको छ । संस्थामा हाल ७८ जना कर्मचारीहरु कार्यरत छन् भने रुपन्देही जिल्ला भरिको विभिन्न जम्मा १४ वटा ठाउँबाट सदस्यहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।
३१ जनाले सयरसय रुपैयाँ उठाएर बाग्लुङ सामुदायिक संस्थाबाट शुरु भई २०६२ पौष १ गते जनउत्थान बचत तथा ऋण सहकारी संस्था लि। को रुपमा दर्ता भएको थियो । हालसम्म जनउत्थान साकोस, पहुँच महिला साकोस, गौमुखि साकोस, बुद्ध बहुउद्देश्यीय सहकारी, पटाकसार साकोस, सुदृढ साकोस र सगोल महिला साकोस गरी हालसम्म ७ वटा सहकारीहरु एकिकरण भैसकेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
