२४ कात्तिक २०८३, मङ्गलबार

हाम्रो बचतको वार्षिक वित्तीय विवरण एनएफआरएस ढाँचामा

२०७९ कात्तिक ३०, बुधबार
हाम्रो बचतको वार्षिक वित्तीय विवरण एनएफआरएस ढाँचामा

काठमाडौं : ललिपुरको लगनखेलमा मुख्य कार्यालय रहेको हाम्रो बचत तथा ऋण सहकारी संस्थाले नेपाल फाइनान्सियल रिर्पोटिङ स्टान्डर्ड (एनएफआरएस) लागु गरेको छ ।

संस्थाले आर्थिक वर्ष २०७८/०७९ को वार्षिक वित्तीय विवरण एनएफआरस बमोजिम तयार गरेको हो । नेपालमा एनएफआरएस लागू गर्ने केही मात्र सहकारी संस्था छन् । नेपाल राष्ट्र बैंकले एनएफआरएस बैंक तथा वित्तीय संस्थामा अनिवार्य गरेको छ । तर, सहकारीहरुमा भने अनिवार्य छैन ।

तर, विस्तारै सहकारीहरुले पनि एनएफआरएस ढाँचा अनुसार वार्षिक वित्तीय विवरण तयार गर्न थालेका छन् ।

आर्थिक वर्ष २०७८/०७९ मा संस्थाको सेयर पुँजी १५ करोड ९७ लाख ९६ हजार रुपैयाँ रहेको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ९.०१ प्रतिशतले वृद्धि भएको छ । यस अवधिमा संस्थाको विभिन्न कोषहरुमा १५ करोड ४१ लाख ६९ हजार ८ सय रुपैयाँ रहेको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ३४.४१ प्रतिशतले वृद्धि भएको हो ।

संस्थामा ६ हजार ८ सय ३४ जना सदस्यको १ अर्ब १५ करोड १६ लाख रुपैयाँ बचत रहेको छ ।

संस्था २४ औं वार्षिक साधारण सभा सम्पन्न गर्ने क्रममा रहेको छ । कात्र्तिक १९ गते महाँकाल गाउँपालिका वडा नं. ३ गोटिखेलमा साधारण सभाको उद्घाटन भएको थियो ।

कार्तिक २६ साधारण सभा समापन गर्ने क्रममा संस्था रहेको थियो । तर, बागमती प्रदेश भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयबाट कात्र्तिक २१ गते जारी सुचना जारी निर्वाचन अघि साधारण सभा नगर्न भनेपछि संस्थाले साधारण सभाको मिति परिवर्तन गरेको छ । कार्तिक २२ गते बसेको सञ्चालक समितिको बैठकले संस्थाको साधारण सभा मंसिर १० गते गर्ने निर्णय गरेको छ ।

अभिलेख

लोकप्रिय