चौधरी ग्रुपले बेच्न थाल्यो सहकारीले उत्पादन गरेको तरल युरिया मल
काठमाडौं : इण्डियन फार्मर फर्टिलाइजर कोअपरेटिभ लिमिटेड (इफ्को) ले उत्पादन गरेको तरल युरिया मल (नानो) चौधरी ग्रुप अन्तर्गतको सीजी एग्रोले नेपालीमा बिक्री सुरु गरेको छ ।
सोमबार आयोजित एक कार्यक्रमको बीच भारतका पूर्व केन्द्रीय रेलवे मन्त्री सुरेश प्रभु र चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले संयूक्त रुपमा नानो युरिया नेपालमा बिक्रि सुरु गरेको घोषणा गरे । नेपालमा उक्त मल सिजी–आईएफएफसीओको नामबाट नेपालमा बिक्री भएको छ ।
नानो युरिया सुक्ष्म तरल मल हो । यसले विरुवाको उचित वृद्धि र विकासका लागि आवश्यक पर्ने प्रमुख पोषक तत्त्व नाइट्रोजन प्रदान गर्दछ । परम्परागत युरियाको तुलनामा नानो युरियालाई पातमा छर्कने गरिन्छ । ‘नानो युरियाले कृषि उत्पादन बढाउन, माटोको गुणस्तर सुधार्न, वातावरण प्रदुषण रोक्न र कृषि लागत कम गर्छ,’ सीजी एग्रोले जारी गरेको विज्ञप्ति भनेको छ ‘युरिया तरल अन्नबाली, दाल, तरकारी, चिया, उखु, फलफूल लगायत अन्य सबै बाली तथा बोटबिरुवामा छर्कन सकिन्छ ।’
नानो प्रविधीबाट निर्मित मलले परम्परागत रासयानिक मलको मात्रा घटाउने कम्पनीको दाबी छ। २ देखि ४ मिलिलिटर नानो युरियालाई १ लिटर पानीमा मिसाएर छर्न सकिन्छ । ‘१ बोरा परम्परागत युरिया ५०० मिलिलिटर नानो युरिया बराबर हुन्छ । नानो युरिया वातावरणमैत्री, परम्परागत युरियाभन्दा सस्तो, स्वास्थ वातावरण, माटोको गुणस्तर र बढी उत्पादनका लागि उपयुक्त हो,’ कम्पनीमा भनिएको छ, ‘यसको प्रयोगले माटो, हावा र पानीमा नकरात्मक प्रभाव पर्दैन ।’
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
काभ्रेमा सहकारीका लागि ऋण लगानी र असुली व्यवस्थापन तालिम, ८३ जनाको सहभागिता
१६ माघ २०८२, बिहीबार
६ बुँदे संकल्पसहित दोस्रो राष्ट्रिय सहकारी युवा तथा प्रविधि सम्मेलन सम्पन्न
१५ माघ २०८२, बुधबार
सहकारी पत्रकार समाजमा अर्जुन खतिवडाको अध्यक्षतामा नयाँ कार्यसमिति
१३ माघ २०८२, सोमबार