व्यवस्थापकीय नेतृत्व गोष्ठीबाट सात बुँदे संकल्प जारी, एकरुपता कायम गर्ने ऐक्यवद्धता
काठमाडौं : सातबुँदे संकल्प जारी गर्दै २१औं शताव्दीमा वित्तीय सहकारीको प्रभावकारी व्यवस्थापकीय नेतृत्व विषयक दुई दिवसीय कार्यशाला गोष्ठी सम्पन्न भएको छ । नेफ्स्कून साकोस म्यानेजर्स क्लबको आयोजना र नेफ्स्कूनको सहकार्यमा भक्तपुरमा आयोजित गोष्ठीले सातबुँदे संकल्प जारी गर्दै सम्पन्न भएको हो ।
नेफ्स्कुनका प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेलले संकल्प पत्र प्रस्तुत गर्दै वित्तीय सहकारी क्षेत्रको सहभागिता र बचत तथा ऋण सहकारीमार्फत समृद्ध राष्ट्रिय अर्थतन्त्र सुदृढ गर्न श्रम, सीप, प्रविधि र पुँजीलाई एकत्रित गरी उत्पादन, उतपादकत्व र रोजगारी वृद्धिमा गरी राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्याउँदै वित्तीय पहुँच अभिवृद्धि, महिला सशक्तिकरण, नेतृत्व तथा क्षमता विकास, सामाजिक एकीकरण, उद्यमशीलता प्रवद्र्धन र गरिबी न्यूनिकरण जस्ता क्षेत्रमा सहकारीले महत्वपूर्ण योगदान पुर्याउँदै आएको बताए । सहकारीमार्फत प्राप्त उपलब्धीको सम्वद्र्धन गर्दै साकोस अभियानको स्वस्थ विकासलाई प्रोत्साहित गर्न लाग्नु पर्नेमा उनले जोड दिए ।
संकल्प पत्रमा अभियानको श्रोत, अभियानकै लागि संकल्प सहित सञ्जालको श्रोतमा पहुँच र साझा प्रविधि अवलम्बन गर्ने, सञ्जाल सुदृढिकरण, नविनतम् प्रविधि र अभियानमैत्री नीतिगत व्यवस्थाका लागि निरन्तर बहस तथा पैरवी गर्न अनुकूल वातावरण निर्माण गर्ने र साकोस एकरुपता प्रणाली कार्यान्वयनका लागि ऐक्यवद्धता कायम गरी छवि प्रवर्धन गर्ने उल्लेख छ ।
त्यसैगरी साकोसमा देखिएका वित्तीय जोखिम न्यूनिकरणका लागि मानदण्डहरुको विकास र कार्यान्वयन गरी निरन्तर समन्वय र सहकार्यमा स्वनियमनको अम्यासमा सहकार्य गर्ने, सञ्जालमा योग्य एवं दक्ष जनशक्ति विकासमा मानव संशाधन बैंक निर्माणका लागि नविनतम् प्रविधिको विकास गर्न म्यानेजर्स क्लबमार्फत प्राविधिक समन्वय तथा सहजिकरण गर्ने, अन्तर्राष्ट्रिय असल अभ्यासहरुको आन्तरिकीकरण गरी दिगो विकास लक्ष्य प्राप्तिमा योगदानका लागि सहजिकरण तथा सहकार्य गर्ने तथा वित्तीय सहकारी अभियानलाई सुरक्षित तथा सुदृढ बनाई जोखिम न्यूनिकरणका लागि स्थिरीकरण कोषमा सहभागिता अभिवृद्धि गनृ सहजीकरण गर्ने उल्लेख छ ।
गोष्ठीमा सहभागि चन्द्रागिरी साकोसका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठले मुलुकको सहकारी अभियान सबैभन्दा चुनौतिपूर्ण मोडमा रहेको उल्लेख गर्दै बजार क्षेत्रमा गिर्दै गरेको सहकारी क्षेत्रको इमेज बचाउन लागि पर्नु तत्कालिन आवश्यकता रहेको औंल्याए । विगत दुई वर्षदेखि कोभिड १९ का कारण सिर्जित विश्वव्यापी आर्थिक मन्दी देखिएको र त्यसको असर मुलुकमा समेत परेकाले र यसको प्रभाव अझै कति समय रहन्छ भन्ने यकिन नभएको अवस्थामा साकोसहरु संयमित र सजग हुनुपर्ने औंल्याए । असहज परिस्थितिकाबीच आयोजना भएको गोष्ठीले केहि उर्जा थपेको भन्दै उनले आफुहरु उत्प्रेरित भएको जनाए ।
गोष्ठीमा नेफ्स्कुनका अध्यक्ष परितोष पौडेलले सहकारी अभियानका समसामयिक सवालहरु, सीइओ पोखरेलले नेफ्स्कुन साकोस म्यानेजर्स क्लबको अवधारणा, नेफ्स्कुनका प्राचार्य सञ्जयराज तिमल्सिनाले साकोसमा मानव संशाधन बैंक सम्बन्धी अवधारणा, साइकोलोजिष्ट पदम प्रसाद घिमिरेले इमोशनल इन्टेलिजेन्सका विषयमा, परामर्शदाता सोहनबाबु खत्रीले २१औं शताब्दीमा साकोस व्यवस्थापनको पेशागत व्यवसायिकताका सवालहरु जस्ता विषयमा सहजिकरण गरेका थिए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सीजेएनले मनायो १६औँ स्थापना दिवस, राहत कोषमा सहयोग गर्ने घोषणा
१९ भाद्र २०८३, शुक्रबार
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार