२२ भदौ २०८३, सोमबार

सहकारीको समस्यामा आवाज नउठाएको भन्दै महासंघ घेराउको तयारी

२०७९ कात्तिक २३, बुधबार
सहकारीको समस्यामा आवाज नउठाएको भन्दै महासंघ घेराउको तयारी

काठमाडौं : प्रारम्भिक सहकारी संस्थाहरुको समस्यामा अभिभावक निकायले आवाज नउठाएको भन्दै सहकारीकर्मीहरुले केन्द्रीय संघ, महासंघलाई दबाब दिने भएका छन् ।

विशेष गरी केन्द्रीय संघहरु, राष्ट्रिय सहकारी महासंघले प्रारम्भिक सहकारी संस्थालाई परेको समस्या समाधानमा आवाज नउठाएको भन्दै महासंघ घेराउ समेतको कार्यक्रम सार्वजनिक गर्ने जनाएको छ ।

प्रारम्भिक सहकारी संस्थाहरुले आज तीन बजे भेला आयोजना गरेको छ । उक्त भेलाबाट के कस्ता दबाब कार्यक्रम गर्ने भन्ने विषय टुंगो लाग्ने एक सहकारीकर्मीले बताए ।

‘अहिले सहकारी संस्थाहरुमा तरलता संकट देखिएको छ’, ती सहकारीकर्मीले भने, ‘प्रारम्भिक सहकारीहरुलाई परेको समस्यामा केन्द्रीय संघ, महासंघले कुनै पनि भूमिका खेलेन । त्यसैले दबाब स्वरुप भेला आयोजना गरेका हौं । केन्द्रीय संघ, महासंघ घेराउ गरी समस्या समाधान गर्न दबाब दिने कार्यक्रम तय गर्ने छौं ।’

बैंकहरुले ब्याजदर बढाएका कारण सहकारी निक्षेप बारिएको, नयाँ डिपोजिट संकलन गर्न सन्दर्भ ब्याजदर बाधक रहेको, सहकारी प्रति सदस्यको विश्वास घट्दै गएको, लगानीमा रहेको कर्जा समयै नउठेका कारण सहकारीहरुमा तरलता चाप परेको छ । सोही समस्या समाधान सरकारबाटै गराउनको लागि संघहरु र महासंघलाई दबाब दिने तयारी सहकारीकर्मीहरुले गरेका हुन् ।

अभिलेख

लोकप्रिय